अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने

इनेप्लिज २०७९ असोज ११ गते २२:१४ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने जनाएको छ । राजधानीमा एक कार्यक्रमको बिच फस्टलुक सार्वजनिक गर्दै आयोजकद्धय संस्था कर्पोरेशन र ग्लोबल मिडियाले कार्यक्रमको वारेमा जानकारी दिएको हो । यस अघि नेपाल र जापानमा चार पटकसम्म सफल आयोजना भइसकेको साकुरा नाईटको सिजन ५ यस पटक ११ वटा देशमा हुने आयोजक संस्था सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले बताए । अष्ट्रेलियामा भने ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाईट सिजन ५ को आयोजना हुदैँछ । क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थलगायतका शहरमा कम्तीमा ७ शोको तयारी भइरहेको अष्ट्रेलियाका लागि आयोजक संस्था डि ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले बताए । अष्ट्रेलियाका लागि स्थानीय आयोजक संस्थाहरुमा डि ब्वाईजको साथै निर्माता तथा अभिनेता कुशल थापाको रेड चिल्ली ईन्टरटेन्मेन्ट र प्रोडक्शन कन्ट्रोलर केशव घिमिरेको प्रोडुसर नेपालले सम्पूर्ण व्यवस्थापनको तयारी गरेको छ । डिसेम्बर १३ तारिकदेखि २१ तरिकसम्म कार्यक्रमको तयारी गरेको साकुरा नाईट सिजन ५ को अष्ट्रेलिया टुर हुने आयोजकले बताइएको छ ।

अष्ट्रेलिया पछि जापान, दुबई, कोरिया, न्युजिल्याण्ड, युरोप, युके, क्यानडा, अमेरिका र नेपालमा पनि साकुरा नाईट सिजन ५ म्युजिकल टुर निरन्तर सूर्य कर्पोरेशनले शुरु गर्नेछ । यस अघि डायस्पोरामा हुने सबैभन्दा प्रतिष्ठित र पपुलर नेपाली फिल्म अवार्डको रुपमा सूर्य ईनटरनेशनल अवार्ड सूर्य कर्पोरेशनले सफल आयोजना गरिसकेको कार्यक्रमका संयोजक समीर बलामीले बताए । यो पटक अष्ट्रेलियामा साकुरा नाईट शुरु हुनेछ । विश्वभर नेपाली गीत संगीतको प्रवद्र्धन र नेपाली कला संस्कृतीको संरक्षणका लागि सूर्य कर्पोरेशनले निरन्तर फिल्म अवार्ड र साकुरा नाईटको आयोजना गरिरहेको कर्पोरेशनका अध्यक्ष लामिछानेले बताए ।

साकुरा नाईट सिजन ५ का लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समिक्षा अधिकारीलगायतका कलाकारहरु रहने आयोजक संस्था कर्पोरेशनले जनाएको छ । कर्पोरेशनले साकुरा नाईटमा कलाकारहरुको टिमलाई थपघट गर्दै लानेगरि दुई बर्षको लागि कम्तीमा सम्झौता गर्न लागिएको जनाएको छ । बलामी फिल्म ईन्टरटेन्मेन्टले साकुरा नाईट सिजन ५ मा भिषा पार्टनरको रुपमा डाईनेमिक कन्सल्टटेन्सी रहेको छ । कर्पोरेशनले २०२३ मा सूर्य ईनटरनेशनल अवार्डको तेश्रो संस्करण अमेरिकामा आयोजना गर्न लागेको समेत जनाएको छ ।

प्रतिक्रिया