साकिरा बिरुद्ध कर छलीको आरोपमा न्यायाधिशद्वारा मुद्धा चलाउन अनुमति

इनेप्लिज २०७९ असोज ११ गते १६:५७ मा प्रकाशित

स्पेनका एक न्यायाधीशले मंगलबार कोलम्बियाली पप गायिका साकिरा बिरुद्ध कर छलीको आरोपमा मुद्दा चलाउन अनुमति दिएका छन्।

स्पेनेली अभियोजकहरूले २०१८  मा मनोरन्जनकर्तालाई २०१२ देखि २०१४  बीचको आम्दानीमा  १४.५ मिलियन यूरो ($ १३.९मिलियन) कर तिर्न असफल भएको आरोप लगाएका छन ।

अभियोजकहरूले कर छलीमा दोषी पाइएमा ८ वर्षको कैद सजाय र ठूलो जरिवानाको माग गरिरहेका छन्।

४५ वर्षीया साकिराले बारम्बार कुनै गल्ती नगरेको र मुद्दामा जानबाट जोगिन अधिकारीहरूसँगको सम्झौतालाई अस्वीकार गरिन्। 

उन्को जन सम्पर्क व्यवसायले तिर्नुपर्ने सबै रकम र ब्याजमा थप ३ मिलियन युरो (२.८ मिलियन डलर) भुक्तान गरिसकेको बताएको छ भनि एविसीन्यूजले समाचार लेखेको छ।

प्रतिक्रिया