युक्रेनी सेनाद्वारा इजियमको पूर्वमा आक्रमण जारी

इनेप्लिज २०७९ असोज ११ गते ११:३५ मा प्रकाशित

युक्रेनी सेनाले इजियमको पूर्वमा आक्रमण जारी राखेको छ ।

स्थानीय युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेनाले इजियमको पूर्वमा रुसी सेनाहरू विरुद्धको आक्रमण जारी राखेको छ र पिस्की-राडकिभ्स्की गाउँलाई आंशिक रूपमा मुक्त गरेको छ।

“पिस्की-राडकिभ्स्की गाउँ (समुदायको दोस्रो ठूलो बस्ती, जहाँ युद्ध अघि करिब २,००० मानिसहरू बसोबास गर्थे) पहिले नै युक्रेनको सशस्त्र बलको नियन्त्रणमा छ,” बोरोभा गाउँ परिषदले आफ्नो सामाजिक संजाल अनुहार किताब पन्ना (फेसबुक पेज)मार्फत बताएको छ ।

युक्रेनी सेनाले “अझै पनि त्यहाँ रुसी सैनिकहरूको समूह पत्ता लगाउँदैछ” र “सफाई र नाश गर्ने” प्रक्रियामा रहेको परिषद सदस्यले बताए।

युक्रेनी सेनाहरू हाल ओस्किल नदीको उत्तरमा कब्जा गरिएको बोरोभा गाउँतिर बढी रहेका छन ,उनले भने ।

“लडाई चलिरहेको छ,” र “युक्रेनको सशस्त्र सेनाले शत्रुलाई धकेलिरहेको ,उनले भने ।

प्रतिक्रिया