क्यानेडियन नेवाः गुठि को १६ औं बार्षिक साधारण सभा सम्पन्न

इनेप्लिज २०७९ असोज ११ गते १:२५ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवाः गुठिको १६ औं बार्षिक साधारण सभा हालै सम्पन्न गरिएको छ। सो साधारण सभाको उदघाटन गुठिका अध्यक्ष प्रकाशलाल प्रधानले त्वादेवाः (पानस)मा दीप प्रज्वलन गरि गर्नु भएको थियो ।उदघाटन पश्चात उपस्थित सबैलाई स्वागत गर्नु हुदै उहाँले गुठिका कृयाकलापहरु बारे प्रकाश पार्नुको साथै गुठिको स्थापना दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना ब्यक्त गर्नु भयो। त्यसपछि गुठिका मिसापुचःका संयोजक एबम सिटार बादक रंजना सैन्जु तथा डा. अमर सैन्जुले सिटार तथा तिन्छुमा मंगल धून प्रस्तुत गर्नु भयो।

कार्यक्रमको अर्को चरणमा गुठिका महासचिब बिमल मान श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु हुदै कोबिदका कारणले प्रत्यक्ष्य रुपमा कार्यक्रम गर्न नसकिएतापनि जूमको माध्यम बाट बिभिन्न कार्यक्रमहरु गरिएको बताउनु भयो। गुठिका नबनियुक्त कोषाध्यक्ष राजेन्द्र महर्जनले बर्षभरिको आर्थिक प्रतिबेदन पेश गर्नु भयो । सो प्रतिबेदनहरुमाथि आबश्यक छलफल र केहि संसोधन सहित बैठक द्वारा पारित गरिएको थियो ।

छलफल कार्यक्रममा गुठिका संस्थापकहरु महेश प्रधान तथा प्रदीप लाल श्रेष्ठ लगायतले आआफ्नो सुझाबका साथै गुठिलाई निरन्तर प्रगति पथमा लगिरहेकोमा धन्यबाद ब्यक्त गर्नु भयो । कार्यक्रमको अन्तमा गुठिका सचिब सुमन राजबंशीले उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्नु भयो। साथै गुठिले गत महिना आयोजना गरिएको “प्रथम नेवाः झ्वः भ्वय्” सांस्कृतिक र सफल रुपमा संचालन गरिएकोमा सदश्यहरुले धन्यबाद ब्यक्त गरे। सो कार्यक्रमको संचालन गुठिका सहकोषाध्यक्ष चन्दा श्रेष्ठले गर्नु भएको थियो ।जूमको माध्यमबाट संचालन गरिएको सो सभाले आगामि बर्षमा “सामुहिक ब्रतबन्ध”को साथै अरु कार्यक्रम पनि आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया