अमेरिकी निवासीद्वारा महानगरका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

इनेप्लिज २०७९ असोज १० गते २२:०७ मा प्रकाशित

विराटनगर,१० असोज ।अमेरिका निवासी तीन जनाले विराटनगर महानगरपालिकाका छ विद्यालयका गरीव तथा जेहेन्दार विद्यार्थीहरुहरुलाई आज यहाँ छात्रवृत्ति प्रदान गरिएको छ।

मोरङ,१० असोज(रासस): विराटनगर महानगर वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने सोमबार विराटनगरमा आयोजित कार्यक्रममा अमेरिका निवासी सहेन कप्लान, आयुस नेपाल र रेहना नेपालले उपलव्ध गराउनु भएको छात्रवृत्ति रकमको चेक पोखरीया उच्च माविका आकृति चौधरी एलेन चौधरीलाई हस्तान्तरण गर्दै । अमेरिकी नागरिकवाट रु एक लाख २१ हजार रकमको छात्रवृत्ति रकम महानगरका छ विद्यालयका ११ जना छात्रछात्रालाई वितरण गरिएको छ। तस्बिर : मनोज दाहाल ÷रास;

महानगर वडा नं ११ कार्यालय मार्फत अमेरिकी नागरिक सहेन कप्लान,अमेरिकी निवासी आयुस नेपाल र रेहना नेपालले पठाउनु भएको रु एक लाख २१ हजार बरावरका छात्रवृत्ति ११ जना छात्रछात्रालाई आज यहाँ वितरण गरिएको छ।

यसरी छात्रवृत्ति प्राप्त गर्ने विद्यालयहरुमा जनपथ मावि,सत्यनारायण मावि,पोखरीया मावि, मिल्स मावि,बाल कल्याण मावि र रामसिता मावि रहेका छन् ।

मोरङ,१० असोज(रासस): विराटनगर महानगर वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने लगायत सोमबार विराटनगरमा आयोजित कार्यक्रममा अमेरिका निवासी सहेन कप्लान, आयुस नेपाल र रेहना नेपालले उपलव्ध गराउनु भएको छात्रवृत्ति रकम वितरण समारोह सहभागी हुँदै । अमेरिकी नागरिकवाट रु एक लाख २१ हजार रकमको छात्रवृत्ति रकम महानगरका छ विद्यालयका ११ जना छात्रछात्रालाई वितरण गरिएको छ। तस्बिर : मनोज दाहाल ÷रासस

शिक्षा विकास समन्यव इकाई मोरङका प्रमुख टङ्क गौतम, वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, समाजसेवी पदम श्रेष्ठ र किरण नेपाल लगायतले छात्रवृत्ति वितरण गर्दै विद्यार्थी भविष्यका कर्णधार भएको हुनाले प्राप्त छात्रवृत्तिले उच्च शिक्षा अध्ययन गर्न केही सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भएका छन् ।

वितरण गरिएको छात्रवृत्तिमा न्यूनतम रु आठ हजारदेखि अधिकतम रु २५ हजार रहेको छ ।

प्रतिक्रिया