सिकागो बासी नेपाली संग मह जोडीको अन्तरक्रिया 

इनेप्लिज २०७९ असोज १० गते २१:४९ मा प्रकाशित

सिकागो सेप्टेम्बर २६ २०२२ I समता स्कुल नेपालको संचालनको सहायतार्थ अमेरिकाको सिकागो सहरमा आगामी नोभेम्बर ६ तारिख मा आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रम सहितको शुसोभन समारोहको तैयारीका सम्बन्धमा नेपालका प्रतिष्ठित हाँस्य कलाकार मह (मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य) जोडीले कार्यक्रमका सह आयोजक सिकागोल्यांडका स्थानीय संघ संस्थाका प्रतिनिधिहरु र समाजसेवीहरु संग अन्तरक्रिया गर्नु भएको छ ! गत सेप्टेम्बर २४ तारिख शनिबार आयोजना गरिएको जुम मिटिङ्ग मार्फत सम्बोधन गर्दै हरिबंश आचार्यले समता स्कुलले देशका बिपन्न बर्गका बिध्यार्थिहरुलाई एक सय रुपैयामा गुणस्तरीय शिक्षा प्रदान गरेर उदाहरणिय योगदान दिएको हुनाले आफु अत्यन्त प्रभावित भइ यो अभियानमा समाहित भएको बताउदै, आगामी नोभेम्बरमा सिकागो लगायत अमेरिकाका बिभिन्न शहरमा आयोजना गर्न लागिएको शुसोभन समारोहमा सो क्षेत्रका नेपाली समुदायको अत्यधिक सहभागिता रहने आशा गरेको कुरा व्यक्त गर्नु भयो I कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अतिथि मदन कृष्ण श्रेष्ठले बिगतमा पनि सिकागोमा नेपाली समुदायले देखाएको सदभाब, मायाँ-प्रेम स्मरणीय रहेको बताउदै मातृभूमीमा थालिएको एउटा पवित्र अभियानलाई सहयोग गर्ने कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति रहने कुरामा आफु बिस्वस्त रहेको र हाल सम्म कार्यक्रम आयोजना गर्न गरिएको तैयारी प्रशंसनीय भएको कुरा व्यक्त गर्नु भयो ! कार्यक्रमलाई समता स्कुलका संस्थापक उत्तम संजेल र समता ग्लोबल सिनेटका अध्यक्ष उत्तम गौलीले पनि सम्बोधन गर्नुका साथै सहभागीहरुले उठाएका बिभिन्न प्रश्नहरुको उत्तर दिनु भएको थियो ! 

कार्यक्रमको तैयारीको समिक्षा गर्न आयोजित सो कार्यक्रम समता ग्लोबल सिनेटर तथा सिकागो शुसोभन कार्यक्रमका संयोजक गोपेंद्र भट्टराइले संचालन गर्नु भएको थियो भने कार्यक्रममा सिकागोल्याण्डका स्थानीय संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीय समाजसेवीहरुको उल्लेख्य उपस्थिति थियो ! कार्यक्रम आयोजक समितिका सदस्यहरुले हाल सम्म गरिएको प्रगतिको विवरण प्रस्तुत गर्दै कार्यक्रमको खबरले स्थानीय नेपाली दाजु भाइ दीदी बहिनिहरु अत्यन्त खुशी भएको कुरा व्यक्त गर्दै सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्न आफुहरु उत्सुकतापुर्बक प्रतिक्षा गरिरहेको कुरा व्यक्त गर्नु भएको थियो ! कार्यक्रमको टिकट यो लिंक https://www.eventbrite.com/e/chicago–tickets-413694410117 मा क्लिक गरि लिन सकिनेछ  I

सुमन वस्ती, स्प्रिंगफिल्ड, इलिनोइ

प्रतिक्रिया