ज्यान भन्दा कर्तव्य पालनाका प्रतिमुर्ति बन्दै नायव नीरिक्षक टेर

वीरेन्द्र रावल २०७९ असोज १० गते ०:१३ मा प्रकाशित

,


धनगढी,असोज ९ । सत्य सेवा सुरक्षणमको मूल मन्त्रलाई आत्म साथ गर्दै शसस्त्र बलमा जागरि खान पुगेका कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडानम्बर ५ तारानगर घर भएका युवा हुन ¬(किसनसिं टेर ।
समाजमा शान्ति सुरक्षा अमन चयनको वातावरण सिर्जना गर्न र देशको सुरक्षाका लागि भनेर शसस्त्र प्हरी बलमा प्रवेश गरेका टेर हाल सीमा सुरक्षा बल धनगढीमा शसस्त्र प्रहरी बलको नायव नीरिक्षकमा कार्यरत छन् ।

शसस्त्र प्रहरी बलमा जागिर खाएपछि बिशेष गरि प्राकृतिक विपत्तीबाट नागरिकको सुरक्षाका लागि तालिम प्राप्त गरेका शसस्त्र प्रहरी बलका नायव नीरिक्षक किसनसिंङ टेरले जागरिका सिलसिलामा विभिन्न स्थानहरुमा जनधनको सुरक्षाका लागि ज्यानको प्रवाहै नगरेर जनधनको सुरक्षामा खटिने वफादार सुरक्षाकर्मीको उपमा पाउन सफल भएका देखिन्छन् ।

नेपालका विभिन्न जिल्ला कार्यरत रहेका बेलामा ती जिल्लाहरुमा भैपरि आउने प्राकृति प्रकोप लगायतका घटनामा जनधनको सुरक्षाका लागि अग्रपंक्तिमा हाजिर हुने व्यक्तिमा पर्नुहुन्छ ः नायव नीरिक्षक टेर ।

केहि बर्ष यता कैलाली जिल्लाको धनगढी स्थित सीमा सुरक्षा बलमा कार्यरत नायव नीरिक्षक टेरले कैलाली जिल्लामा निम्तीएका अधिकाँश प्राकृति विपत्तीमा टेर भगवानको रुपमा मानिसहरुको ज्यान जोगाउने अभियानमा क्रियासिल हुने गरेका छन् ।

पश्चिम नेपालको कैलाली कञ्चनपुर जिल्लामा हरेक बर्ष बषार्तको समयमा आउने बाढी र पहिरोमा परि आहतमा परिणत हुने प्रभावित परिवारलाई उद्धार गर्ने र सुरक्षित स्थानमा लैजाने कार्यमा नायव नीरिक्षक टेरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहनु भएको छ ।

कैलाली जिल्लामा बढी बाढीले प्रभाव पार्न सक्ने लालबोझी, भजनी, जोशीपुर, भजनी लगायतका धनगढी लगायतका स्थानहरुमा प्रकोपमा परेका परिवारलाई उद्धार गर्ने मिसनमा टेर अग्रपंक्तिमा लागेर उद्धार गर्ने गर्दछन् ।

गाउँमा बाढी पस्योकी सुरक्षा निकायको तर्फबाट अग्रभागमा लागेर प्राकृति विपत्तीमा परेका मानिसहरुलाई उद्धार गर्ने कार्यमा क्रियासिल भएर लाग्ने गरेका व्यक्तिका रुपमा शसस्त्र प्रहरी बलका नायव नीरिक्षक टेरले ठूलो भूमिका निर्वाह गर्दै आईरहनु भएको छ ।

गाउँघरमा बाढी पस्योकी मानिसहरुलाई उद्धारका लागि खटिएर जाने उद्धार टोलीको नेतृत्वने गर्ने गरेका छन् टेरले ।

आफ्नो ज्यान भन्दा पनि बढी मानव सेवा र सुरक्षा ठान्ने टेरले कैलाली जिल्लामा भएका विभिन्न साना ठूला घटनामा जनताको सुरक्षामा ठूलो भूमिका निर्वाह गर्दै आईरहेका छन् ।

हालै आएको बाढीले डुवानमा परेका कैलालीका भजनी,जोशीपुर,लालबोझी र धनगढी लगायतका क्षेत्रमा उद्धारमा टेरले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।


नायव नीरिक्षक टेरले भर्खरका नावालक देखि लिएर ९० बर्ष सम्मका व्यक्तिहरुलाई पिठ्युँमा बोकेर उद्धार गर्ने गरेको पाइएको छ ।

यसैगरी असोज ९ गतेका दिन गाई वस्तु चराउन भनेर जंगल गएका धनगढी उपमहानगरपालिका वडानम्बर १८ नुक्लिपुरका २५ जना मानिसहरुलाई टेरको नेतृत्वमा गएको टोलीले राती उद्धार गरेर सकुसल घर पुगाइएको छ ।


जंगलमा फँसेका मानिसहरुलाई सकुसल घर पुगाएर ठुलो मानव सेवाको हस्ताक्षर बन्नेका छन् टेर । टेरले देशका विभिन्न स्थानमा प्राकृति विपत्तीमा परेका व्यक्तिहरुको सुरक्षा गर्ने लगायतका कार्यमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्दैआईरहेका पनि छन् ।

-वीरेन्द्र रावल

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया