कलिउड नाइटमा मुन्द्रे सहित अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति बेजोड ,ऐतिहासिक सफलता (बिशेष तस्बिर सहित )

इनेप्लिज २०७९ असोज ९ गते १२:५१ मा प्रकाशित

डिसी महानगर क्षेत्र – गत सेप्टेम्बर २४ शनिबारका दिन केसी डान्स सेन्टरद्वारा प्रस्तुत कलिवुड नाइट २०२२ कार्यक्रमले ऐतिहासिक सफलता हासिल गरेको छ । खचाखच भिड रहेको कार्यक्रममा बिशेष आकर्षण मध्ये कै एक नेपालका चर्चित हास्य कलाकर जीतु नेपाल (मुन्द्रे )सहित अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति बेजोड रहन गयो । कार्यक्रममा मुन्द्रेले २-४ वटा प्रस्तुति गरेका थिए भने उनको प्रस्तुतिलाई दर्शकहरुले औधि मन पराए ।

दर्शकहरुले भरपुर मनोरन्जन गरे भने समयमा सुरु भएकोमा दर्शकहरुले मुक्त कण्ठले केसी डान्स सेन्टरको प्रशंसा गरेका छन् । एक मिनेट पनि ढिलो नगरी समय मै समाप्त हुनु भनेको नेपाली समुदायमा असम्भव र दुर्लभ हुन्छ । कहिले ठिक समयमा आयोजना गर्न सक्दैनन् र हुने नसक्ने उदाहरण कलिवुड नाईट २०२२ ले सबैलाई चकित बनाई दिएको छ ।

कलिवुड नाईट २०२२ कार्यकमले अमेरिकामा रहेका नेपाली समुदाय र सम्पूर्ण आयोजकहरुलाई पाठ सिकाएको छ । कार्यक्रम यसरी गर्नु पर्छ र दर्शक समयमा नआएमा कसरी २-४ वटै प्रस्तुति पैसा तिरेर पनि हेर्न नपाएका दर्शकहरु पछुताएका छन् भने उनीहरु सचेत भएका छन् ।

कुनै पनि सांस्कृतिक तथा कलाकारहरुको कार्यक्रम ठीक समयमा कहिले नहुने र दर्शकहरु पनि ढिलो पुग्ने भएकोले प्रारम्भका उत्कृष्ट प्रस्तुतिबाट चुकेका छन् ।

५ दर्जन भन्दा ज्यादा अमेरिकामा जन्मेका तथा सानैमा अमेरिका आएका बालबालिकाहरुले करिव ६ महिना अगाडी देखि अहोरात्र पूर्व अभ्यास गरेर आत्म विश्वास साथ गरेको प्रस्तुतिको जति नै गरे पनि प्रशंसा कमै रहन्छ । किशोरीहरुले नेपाली गीतहरुमा प्रस्तुत नृत्यहरुको कुनै व्यवसायिक नृत्यांगना /नृत्य गर्ने कलाकार भन्दा कुनै फितलो थिएन । हरेक प्रस्तुति उतिकै बेजोड प्रस्तुति रहन पुगेको थियो । दर्शकहरु अढाई घण्टा एक टक र दोश्रो पुस्ताको प्रस्तुतिको चर्चा गर्दै एक पछि अर्का कार्यक्रम हेर्दा अद्वितीय रहेकोले केही दर्शक भावुक पनि भएका थिए ।

दर्शकहरुले बेजोड प्रस्तुति हेर्दै कर्तल ध्वनिले सम्मान गरेका थिए । कार्यक्रम वरिष्ठ लोकगायक प्रेमराजा महत ,लोक गायिका शान्ति भण्डारी,न्यूयोर्कका संजोक योञ्जन ,नायक राहुल केसी ,सबिना बज्राचार्य, लुना श्रेष्ठ ,नबिन केसी ,सारङ्गा श्रेष्ठ लगायतको नृत्य सहितको गीत प्रस्तुति अद्वितीय रहेको थियो।

भाषण, सम्मान तथा खादा नओढाउने पूर्व घोषणा गरे अनुसार कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको शुभारम्भमा दशैँको दुर्गा अम्बे स्तुति सामूहिक प्रस्तुति सर्बोत्कृष्ट रहेको थियो ।

यस पटक सबै जातजातिलाई समेट्दै हिमाल ,पहाड र तराईका बिभिन्न जातजातिका बिशेष गीतहरुमा अमेरिकामा जन्मेका र केसी डान्स सेन्टरमै सिक्दै गरेका किशोरीहरुको प्रस्तुति बेजोड रहेको थियो । यस पटक पनि कार्यक्रमको अन्त्यमा दशैँ तिहारमा देउसी भैलोको प्रस्तुति पनि अत्यन्तै उत्कृष्ट रहेको थियो ।

कार्यक्रम संचालन परसु तिमिल्सिना तथा दोश्रो पुस्ताकी जेनिशा चुडाल लगायत साना बालिकाहरुले कार्यक्रम संचालन गरेका थिए ।

ईनेप्लिजले कलिवुड नाइट २०२२ सकिए पछि दर्शकहरुसंग गरिएको प्रतिक्रियामा सबैले ठिक समयमा सुरु भएको ,अद्वितीय ,मनोरन्जनात्मक ,स्तरीय ,बेजोड प्रस्तुति रहेको बताएका थिए । र उनीहरुले अर्को साल पनि कार्यक्रम नछोड्ने प्रतिबद्धता गरेका थिए ।

प्रतिक्रिया