रुसी परिचालनको घोषणापछि झण्डै १,५०० प्रदर्शनकारीहरु हिरासतमा

इनेप्लिज २०७९ असोज ८ गते १५:५१ मा प्रकाशित

रुसी परिचालनको घोषणापछि झण्डै १५०० प्रदर्शनकारीलाई हिरासतमा राखिएको अनुगमन समूहले जनाएको छ ।

सेप्टेम्बर २१ देखि राष्ट्रपति भ्लादिमिर पुटिनले थप रुसीहरूलाई सैन्य सेवामा बोलाउने “आंशिक परिचालन” योजना घोषणा गरेदेखि लगभग १,५०० प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको स्वतन्त्र विरोध निगरानी समूह ओभिडिले जनाएको छ

समूहले सेप्टेम्बर २१-२४ को बीचमा रुसका विभिन्न शहरहरूमा हालसम्म १,४७२ विरोधी आन्दोलनकारीलाई हिरासतमा लिइएको बताएको छ, तर हिरासतमा परेकाहरूको संख्या बढी हुनसक्छ भनि सिएनएनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नोभोसिबिर्स्क, इर्कुत्स्क, टोमस्क, खाबारोभस्क, उलान-उडे, क्रास्नोडार, चिता र गाचिना लगायत आठ शहरमा कम्तिमा ९७ जनालाई हिरासतमा लिइएको ओभीडी-इन्फोले जनाएको छ।

यस हप्ताको सुरुमा उही अनुगमन समूहले विवरण दिदै केही प्रदर्शनकारीहरूलाई उनीहरूको गिरफ्तारी पछि सिधै सेनामा भर्ती गरिएको थियो भनि उल्लेख गरेको छ ।

तस्बिर कृतज्ञता : एपी

प्रतिक्रिया