रोजर फेडेररले अन्तिम खेल खेल्दै खेल जीवनको अन्त्य गरे

इनेप्लिज २०७९ असोज ८ गते १२:०६ मा प्रकाशित

टेनिसका महान खेलाडी रोजर फेडेररले अन्तिम खेल खेल्दै खेल जीवनको अन्त्य गरेका छन । रोजर फेडेररले आफ्नो लामो समयदेखि प्रतिद्वन्द्वीबाट दोहोरो (डबल्स)-साझेदार बनेका राफेल नाडालसँग लन्डनको लेभर टेनिस कप प्रतियोगितामा गत शुक्रबार राति टेनिसलाई बिदाइ गरे।

१५ महिनादेखि प्रतिस्पर्धा नगरेका फेडेरर र नाडाल अमेरिकाका फ्रान्सिस टियाफो र ज्याक सोकसँग ४–६, ७–६ (२), ११–९ को अन्तिम खेल (फाइनल)मा पराजित भएका थिए ।

खेल पछि स्विस टेनिस प्रसिद्ध खेलाडी तथा २० पटकको ग्रान्ड स्लाम(महत्वपूर्ण प्रतियोगिता)का विजेता फेडेरर भावुक हुदै आए । सबै दर्शकहरुलाई हात हल्लाए र धन्यवाद दिए ।

फेडेररले भने, ‘यो उत्कृष्ट यात्रा हो । “म यो सबै फेरि गर्नेछु।” मध्यरातसम्म चलेको दुई घन्टाभन्दा बढी लामो प्रतियोगिताको समापन क्षणहरूमा दर्शकहरूले हौशला दिदै नारा लगाएका थिए ।

उनी आफ्नो टोलीसँग आँखा पुछ्दै तस्बिर लिएका थिए ।

तस्बिर कृतज्ञता : एपी

प्रतिक्रिया