क्यान्सरपीडितको  उपचारार्थ दमकमा राजेशपायल राई र एकदेव लिम्बूको मनोरंजन धमाका हुँदै

इनेप्लिज २०७९ असोज ८ गते ९:२१ मा प्रकाशित

दमक । सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी-८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ ‘मुस्ताङ्ग मनोरञ्जन धमाका २०२२ “नामक भब्य कन्सर्ट आउँदो असोज १० गते सोमबार दसैँको पहिलो दिन झापाको दमकमा आयोजना हुँदैछ।

सर्वप्रिय गायक (राई इज किङ) राजेशपायल राई संगै युवापुस्ताका चर्चित गायक एकदेव लिम्बूले पहिलोपल्ट एउटै कन्सर्टमा प्रस्तुति दिने ‘मुस्ताङ्ग मनोरञ्जन धमाका’मा सुनिता संयक लिम्बू, ममता गुरुङ र निमा तामाङ लगायतका कलाकारहरुको समेत प्रस्तुति रहनेछ। दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा आयोजना हुने कन्सर्ट बेलुकी ५ बजे देखि शुरुहुनेछ।

कदम थिएटर र थैली इन्टरटेनमेन्टको आयोजरहेको छ भने डिभाइन वाइन , वाईवाई क्विक पिरो चाउचाउ , रुस्लान भोड्का , रेडब्लु इनर्जी ड्रिंक , इन्स्पायर इङ्लिस स्कूल, होटल स्वर्गलोक , होटल कामाक्षको सहयोग रहेको छ। कन्सर्टको टिकट दर रु ३०० रहेको छ। कन्सर्टबाट उठेको सम्पूर्ण आम्दानि न्युनतम खर्च कटाएर क्यान्सरपीडित विशाल राईको उपचारमा खर्च गरिनेछ।

क्यान्सरपीडित विशाल राई बचाउ अभियान मूल समितिका संयोजक बलु राईका अनुसार विशाल राईको हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत रहेको छ र उनको उपचारमा अहिले सम्म करिब १५ लाख खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालबाट जानकारी आएको छ। मानवीय सेवाका लागि आयोजित कन्सर्टको लागि लागि कलाकार, प्रावधिक तथा प्रायोजकहरु सबैले उतीकै साथ-सहयोग गरेको र कन्सर्टलाई भब्यरुपमा सम्पन्न गर्न लागिपरेको आयोजकमध्येका भुपेन्द्र तुम्बाहाङ्ग्फेले बताए।

प्रतिक्रिया