अछाम बाढी पहिरो पिडितलाई ईशा फाउन्डेशनको ५०,००० सहयोग 

इनेप्लिज २०७९ असोज ८ गते ९:१७ मा प्रकाशित

असोज ८,अछाम

गत भाद्र ३१ गते राति परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सहयोग स्वरुप अमेरिकाबाट Isha Foundation ईशा फाउन्डेशनका संस्थापक ईन्द्र थापा र सवि थापाले संस्थाका अध्यक्ष नारायण रायमाझी मार्फत रु. पचास हजार सामाजिक अभियन्ता शिक्षक देवेन्द्र सञ्ज्याल मार्फत पठाउनु भएको छ।

सो पहिरोमा परी २२ जनाको ज्यान गएको थियो भने सयौं घर बगाएको थियो।

प्रतिक्रिया