सुन्दरी गायिका सुरक्षा सेन्चुरीको  अर्को बेजोड प्रस्तुती देखियो ‘कुरै कुरामा’

इनेप्लिज २०७९ असोज ८ गते १:४६ मा प्रकाशित

काठमाडौं । गीतकार ध्रुव प्रसाद अम्गाईको ‘कुरै कुरामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भ्वाइस अफ नेपालबाट चर्चा कमाएकी गायिका सुरक्षा सेन्चुरी र सौगात जङ थापाको स्वर रहेको गीतमा दीपेश परियार र अन्जना राउतको कलात्मक अभिनय रहेको छ । भिडियोमा मोडलद्वय दिपेस र अन्जनाको प्रेम रोमान्सले भरिएको प्रस्तुति जति हेर्यो उति हेरिरहुँ जस्तो देखिन्छ ।

सुजन श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन सुजन लम्सालले गरेको भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । एम थ्री मिडिया नेपाल युटुव च्यानल मार्फत बजारमा ल्याइएको भिडियोको रिलिज गरिए सँगै चर्चा सुरु भएको छ । गीतकार अम्गाईले कहिले रुवाउने कहिले फकाउने त कहिले हसाउने र नचाउने गीत पालै पालो दर्शक स्रोता माझ निरन्तर ल्याइरहेका बहुमुखी प्रतिभाशाली ब्यक्ति हुन् । उनी एक कुशल सामाजसेवी एवंव युवा राजनीतिक समेत हुन् ।

एकपछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अम्गाई विगत २० वर्षदेखि प्रवासमा बस्दै आएका छन् । अम्गाईका चार दर्जन भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । जमानत गुमायौ, मिलनमा बिछोड, आखा आँखा जुधी, माया कुरा सुनिदेउ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा, काले केटा, माया हे माया, माया तिरिरिरी, उनका चर्चित गीतहरु हुन् ।

प्रतिक्रिया