बलापनमै टुहुरा, हजुरबाको निधनपश्चात् साहाराबिहिन

जितेन्द्र थापा २०७९ असोज ८ गते १:४१ मा प्रकाशित

जितेन्द्र थापा
सुर्खेत । खाली खुट्टा, निर्दोस अनुहार । ख्याउटे शरिर । बिनोद र काले दुइ दाजुभाई हुन । यसै टुहुरा, बेसहारा । उमेरले ९÷१० वर्षको काले र बिनोद साहाराको खोजीमा छन् । दैलेखको ठाटीकाँध गाउँपालिका १ सिराडीका बिनाद र काले विकका आमा बुबा र पालनपोषण गर्दै आएको हजुरबाको निधनपश्चात् बेसहारा भएका छन् । कोही छैन उनीहरुको यो संसारमा कोही छैन । २०७३ सालमा सुत्केरी हुन नसकेर उनीहरुकी आमा रंगा विकले अस्पतालको सैयया मै प्राण त्यागिन् । घरको आर्थिक अवस्था दयनीयका कारण बुबाले पनि उपचार नपाएरै संसार छाडे ।

आमा बुबाले संसार छाडे पनि काले र बिनोदलाई आमाबुबाको माया दिदै आएका ७६ वर्षे हजुरवा किथ्थे कामीको मृत्युपछि बेसहारा भएको स्थानीय गणेश विक बताउँछन् । आमाबुबाले छाडेर गएपनि वृद्ध हजुराबाले पालनपोषण गर्दे आउनु भएको थियो,’उनले भने, ‘वृद्ध हजुरबाको पनि निधन भएपश्चात् बेसहारा भएका छन् ।’

आमाबुबा र वृद्ध हजुवाको न्यास्रोले आकाशमा हेलिकप्टर गुट्गुटाउन दिदैनन् । हेलिकप्टरको आवाज सुन्नासाथ आमाबुबा र हजुरबालाई पठाइदिन हारगुहार गर्छन । तर हेलिकप्टरले डाडो काटिसकेपछि थाकेर बस्छन् । दिनचर्या यसरी नै बितेको स्थानीय बताउँछन् । बिनोद र काले घरको बार्दलीबाट झरेर करेसाबारीमा पुग्छन् । कालेले ठुलो स्वरले कराउँछ ‘चिलगाडीअ मेरा बाआमालाई पठाइदिनु, है…… । ठुलो स्वरले आकाशमा उड्ने हेलिकप्टरलाई हारगुहार गर्दै रैबार पठाउछन् तर पनि उनीहरुको हारगुहार कसैले सुन्दैन । कालेले बोलेर नसक्दै अर्को बिनोदले पनि ठुलो स्वरले कराउँदै भन्छन् ‘मेरो हजुरबुबालाई पनि चाँडै पठाइदे है चिलगाडी …….।’ ठुलो ठुलो स्वरले कराउँदै करेसाबारीको छेउसम्म पुग्छन् ।

२०७३ सालमा आमा गुमाए । त्यस्को केही समयपछि बुबा औषधी उपचार गर्न नसकेर सधैका लागि अस्ताए । अन्तिम साहारा भनेका हजुरवा किथ्थे कामीको पनि ७६ वर्षको उम्मेरमा यहि भदौ महिनामा निधन भयो । अहिले उनीहरुको सहारा कोही छैन । ११ वर्षका बिनोद ९ वर्षका काले विक अहिले साहाराको खोजीमा छन् ।

आमा बुबा दुबै गुमाएका यि टुहुरा बालक अहिले पनि फर्किने आमाबुबा फकिन्छन्कि भन्ने आशामै छन् । सुत्केरी हुन नसक्दा आमाको मृत्यु हुँदा काले बिक तीन वर्ष र बिनोद बिक चार वर्षको हुँदा आमा रंगा बिक यो संसारबाट अस्ताएकी थिइन् । आमाको मृत्यु भएको तीन वर्ष पछि कलिलै उमेरमा बुबा चक्र बिकले पनि सधैका लागि संसार छोडे । आमा बुबा दुबैले साथ छोडेपश्चात् उनीहरु ७६ वर्षे हजुरबुवा किथ्थे कामीसँग बस्दै आएका थिए । ७६ वर्षका हजुरबुवाल पनि संसार छोडे । अब उनीहरुको सहारा कोही रहेनन् ।

आमा, बुबा दुबैजनाको मृत्यु भइससक्दा पनि उनीहरुलाई परदेश गएका छन् भनेर हवाइजहाज आकाशमा उडेको देख्न हुँदैन । देख्नेबित्तिकै ‘चिलगाडीअ मेरा बाबाआमालाई पठाइदिनु भनेर ठुलठुलो स्वरले कराउने गरेको स्थानीय गणेश विको भनाई छ । आमा बाबुको मृत्यु भइसक्यो,’उनले भने,‘अर्झै पनि आमा बुबा आउने आसमा छन् उनीहरुको त्यो पीडा देख्दा मनमा बेचैन हुन्छ ।’ टुहुरा बालकको सहारा भनेकै ७६ वर्षे हजुरबुवा किथ्थे कामी हुनुहुन्थ्यो । हजुरवुबाको मृत्यु पश्चात् सधैका लागि अनाथ भएका छन्’ उनले भने ।

जब चाड्पर्ब नजिक आउँछ र अरुले आमा बाबु भनेर बोलाएको उनिहरुले आमा बुबा कहिले आउछन् भनेर सोध्दा ७६ वर्षे किथ्थे कामीका गहभरी आशु झार्थे अव सबैले संसार छोडे कस्लाई सोध्ने होलान् । हजुरबा हुँदा बितेका आमाबाबु अझै पनि आफुहरुका लागि खानेकुरा र लुगा कपडा ल्याउन परदेश गएको भनेर हजुरबासँग भन्थे । परदेश गएका आमाबाबुको न्यास्रो लाग्दा परदेश गएका आबाबुलाई चाडै घर पठाइदिन आकाशमा उडेको हेलिकप्टरलाई अनुरोध गर्थे । उनीहरुको बालापन मस्तिष्कमा हेलिकप्टर र प्लेनलाई खबर सुनाएपछि आमा बाबुलाई छिटो पठाइदिन्छ भन्ने बिश्वास थियो । अब हजुरबाले नै संसार छोडेपछि अनाथ भए गणेशले भने ।

आर्थिक अवस्था दयनीय
काले र बिनोदका बाबु चक्र बिक कालापहाड गएर मज्दुरी गर्दै गरिवारको पालनपापेषण गर्दै आएका थिए । पहिले देखि घरको आर्थिक अवस्था कमजोर दयनीय थियो । कालापहाड गएर दिनरात मिहिनेत गर्दा पनि साँझ बिहान खान पुग्दैन थियो । भारत गएर परिवार पाल्ने चक्र आफै बिरामी भएर थलिए । गर्भवती हुन नसक्दा श्रीमतीले संसार छोडिन् । अन्तः दुइछोरा को चिन्ताले र बिरामले थलिएका चक्र पनि दुइ छोरालाई ७६ वर्षिय वृद्ध हजुरबाको साथमा छोड्दै बिदा भएका थिए । ७६ वर्षिय वृद्ध हजुरबुबाको पनि निधन भएपश्चा् बिनोद र काले ठुलो दुःख समस्यामा छन् । उनीहरु नत पेटभरी खान पाउँछन् नत विद्यालय जान पाउँछन् ।

बिद्यालय जानको लागि नत झोला छ । न कापि कलम नै छ । शरिरमा एकसरो कपडा बाहेक अरु केहि छैन । बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ । वृद्ध हजुरबाको सामाजिक सुरक्षाको भत्ताले तिन जना परिवारको गुजारा चलिरहेको थियो त्यो पनि गुम्यो केही रहेन ।

गा्रफिक्सको लागि ‘बुबा आमाको सौराईँ लाइगो चिलगाडीअ मेरा बुबा आमा पठाइदे’चिलगाडीले कहिलेही सुनेन अबोध बालकको चित्कार ।

प्रतिक्रिया