अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट ५५ हजार ५ सय संक्रमित , ४१२ जनाको मृत्यु

इनेप्लिज २०७९ असोज ७ गते १०:४७ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ५५ हजार ५ सय ९१ जना संक्रमित भएका छन् ।

यसै गरि बिगत २४ घन्टामा ४१२ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक सेप्टेम्बर २३ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दर १९ % घटेको छ भने अहिले सम्म कूल ९ करोड ७७ लाख ९५ हजार संक्रमित भएका छन् । हाल अस्पतालमा ३० हजार ४ सय ५१ जना भर्ना भएका छन् । त्यसै गरि सघन कक्ष(आइसियु)मा ३ हजार ७ सय ४१ जना भर्ना भएका छन् भने १२ % भर्ना दर घटेको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख ८० हजार ८ सय ३६ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ भने मृत्यु दर ८ प्रतिसत बढेको छ ।

अमेरिकामा हाल सम्म २२ करोड ४९ लाख ८० हजार ९ सय ३१ पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिकाले ७७.५ % पूर्ण खोप लगाएका छन ।

कम्तिमा १ खोप लगाउनेको संख्या २६ करोड ३८ लाख १२ हजार पुगेको छ ।

प्रतिक्रिया