टेक्ससमा बालकका बाबुलाई गोली हानी हत्या गर्दा गाडीमा रहेका बालक पनि मृत फेला 

इनेप्लिज २०७९ असोज ६ गते १६:३६ मा प्रकाशित

अमेरिकाका टेक्सस राज्यको ह्युस्टनमा गत मंगलबार बालकका बुबालाई गोली हानेर मारिएपछि चोरी भएको सवारी साधन भित्र एक बालक मृत फेला परेको प्रहरीले जनाएको छ ।

एक ३८ वर्षीय पुरुषलाई हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बुधबार बताए । सुरुमा सोधपुछका लागि हिरासतमा राखिएका संदिग्धको नाम मुद्दा दर्ता भएपछि सार्वजनिक गरिने  प्रहरी बिभालले बताएको छ ।

प्रहरीले शंकास्पद व्यक्तिको खोजीका क्रममा गम्भिर कुरा पत्ता लगाएको केही घण्टामै जानकारीका लागि सर्वसाधारणलाई अपिल गरेको थियो ।

प्रतिक्रिया