अमेरिकाको मिशिगनकी एक महिलाले आफ्नो बुबा, बहिनी र दुई कामदारको हत्या गरेकोमा दोषी ठहर

इनेप्लिज २०७९ असोज ६ गते ११:२१ मा प्रकाशित

अमेरिकाको मिशिगनकी एक महिलाले आफ्नो बुबा, बहिनी र दुई कामदारको हत्या गरेकोमा अदालतले दोषी ठहर गरेको छ । गत बुधबार उनले बुबा, दिदी र अन्य २ जनाको हत्या गरेको स्वीकार गरेकी छन् ।

गत वर्ष मिशिगनको ग्रामीण क्षेत्रमा आफ्नो बुबा, बहिनी र दुई कामदारको हत्या गरेकोमा दोषी स्वीकार गरेकी छिन्।

फरवेलकी ५५ वर्षीय जुडी बोयरले अक्टोबर २०, २०२१ मा चारैजनालाई २२-क्यालिबर राइफलले मारेको अदालतमा स्वीकार गरेको द मर्निङ सनले समाचार लेखेको छ ।

दुई जनालाई गोली लागेको र घाइते भएको खबर प्रहरीलाई त्यस दिन उनको बुबाको घरमा बोलाइएको थियो। प्रहरीहरुले चारजना पीडितहरू फेला पारेका थिए ।

८५ बर्षिय हेनरी बोयर, ६१ बर्षिय छोरी प्याट्रिसिया बोयर, ३६ बर्षिय जाचरी साल्मिनेन, र ३९ बर्षिय वेड बेकन सबैलाई बोयरको घरमा गोली हानिएको थियो।

बेकन र साल्मिनेन छतमा काम गर्न त्यहाँ गएका थिए भनि अधिकारीहरूले बताए ।

जुडी बोयरले आफ्नो बुबा र बहिनीको हत्या गरेकोमा प्रथम श्रेणीको हत्या र साल्मिनेन र बेकनको हत्याको लागि दोस्रो-श्रेणीको दोषी ठहर गरेको क्लेयर काउन्टी अभियोजक मिशेल एम्ब्रोजाइटिसले भने।

पहिलो श्रेणीको हत्यामा बिना कारावकाश (प्यारोल)आजीवन सजाय हुने र सजाय सुनुवाइ नोभेम्बरमा हुनेछ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया