न्यूयोर्कका महान्यायाधिवक्ताद्वारा ट्रम्प ,संगठन र परिवारका सदस्यलाई झुठो वित्तीय विवरण पेश गरेकोमा २५ करोड डलर जरिवानाको मुद्धा दायर

इनेप्लिज २०७९ असोज ६ गते १०:५२ मा प्रकाशित

न्यूयोर्क राज्यका महान्यायाधिवक्ता लेटिया जेम्सले पूर्व राष्ट्रपति डोनाल्ड ,प्रतिष्ठान र परिवारका सदस्यहरुले झुठो वित्तीय विवरण पेश गरेकोमा २५ करोड डलर (२५० मिलीयन डलर )जरिवानाको मुद्धा दायर गरेकी छिन ।

व्यापक धोखाधडी गरेको दावी गर्दै उनले मुद्दा हालेकी हुन् ।

महान्यायाधिवक्ता जेम्सले गत बुधबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, ट्रम्प संगठन, उनका तीन वयस्क सन्तानहरू र अन्यलाई प्रतिष्ठानको व्यवसायसँग सम्बन्धित वर्षौंको कृतिम वित्तीय विवरणहरू समावेश गरेको कथित रूपमा व्यापक धोखाधडीको लागि उनले मुद्दा दायर गरेकी हुन् ।

म्यानह्याटन सर्वोच्च अदालतमा दायर गरिएको २२० पृष्ठको नागरिक मुद्दामा कम्तिमा २५० मिलियन डलरको क्षतिपूर्तिको माग गरिएको छ।

यसले ट्रम्प, डोनाल्ड ट्रम्प जुनियर, एरिक ट्रम्प र इभान्का ट्रम्पलाई न्युयोर्कमा एक प्रतिष्ठानको अधिकारीको रूपमा सेवा गर्नबाट स्थायी रूपमा प्रतिबन्ध लगाउन र मुद्धा नाम उल्लेख गरिएका ट्रम्प संगठनहरूलाई न्युयोर्क राज्यमा व्यापार गर्न स्थायी रूपमा प्रतिबन्ध लगाउन खोजेको सिएनबिसीले समाचारमा जनाएको छ ।

जेम्सले म्यानह्याटन र आईआरएसका संघीय अभियोजकहरूलाई सम्भावित संघीय अपराधहरूको लागि ट्रम्पको अनुसन्धान गर्न आग्रह गरेकी छिन्। ट्रम्पले आफ्नो कूलसम्पत्तलाई अर्बौं डलरले मिथ्या रूपमा वृद्धि गराएको जेम्सले एक पत्रकार सम्मेलनमा भनिन । उनीले ट्रम्प र उनको प्रतिष्ठानलाई पाँच वर्षको लागि न्यूयोर्कमा घर खरिद बिक्रि प्राप्त गर्नबाट प्रतिबन्ध लगाउने उनको प्रयास रहेको बताइन ।

प्रतिक्रिया