तमु धी भर्जिनियाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न ,नन्द कुमार गुरूङ अध्यक्ष पदमा पुन:निर्वाचित

इनेप्लिज २०७९ असोज ५ गते १०:४० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा वसोवास गर्ने गुरूङहरूको प्रतिनिधी संस्था तमु धीं भर्जिनियाको तेश्रो वार्षिक साधारण सभा सेप्टेम्बर १८ ,आइतबार दिन भर्जिनियाको आसवर्न शहरमा भव्यताका सम्पन भयो । समाजका वयोवृद्ध अभिभावक रण बहादुर गुरूङले पानसमा बत्ती बाली उदघाटन गर्नु भएको सभाको सभापतित्व अध्यक्ष नन्द कुमार गुरूङले गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत् मन्तव्य उपाध्यक्ष तिलक गुरूङको रहेको थियो भने संचालन सचिव थमन गुरूङ गर्नु भएको थियो । शुभकामना मन्तव्य दिनेहरूमा प्रमुख तथा विशेस अतिथिहरू रण बहादुर गुरूङ, भुपू कर्णेल मोहन प्रताप गुरूङ, संस्थापक सदस्य तथा संरक्षक सदस्य धन गुरूङ, पूर्व अध्यक्ष तथा संरक्षक सदस्य सुरेन्द्र गुरूङ, आजीवन सदस्य भोलमान गुरूङ र आजीवन सदस्य तथा निर्वाचन आयुक्त तोशिवा गुरूङ हुनुहुन्थ्यो ।

साधारण सभाले सचिव थमन गुरूङद्वारा प्रस्तुत संगठाानिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्र कुमारी गुरूङद्वरा प्रस्तुत आर्थिक प्रतिवेदन सकरात्मक सल्लाह र सुझाव सहित गढगडाहट तालीका बीच पारित गरिएको थियो ।

त्यसै गरी प्रमुख निर्वाचन आयुक्त नेत्र गुरूङद्वारा नन्द कुमार गुरूङको नेतृत्वमा आगामी ३ वर्षका लागि ११ सदस्यीय नया कार्यसमिति चयन भएको घोषणा गरिएको थियो । जस अनुसार उपाध्यक्षमा तिलक गुरूङ, सचिवमा थमन गुरूङ, कोषाध्यक्षमा चन्द्र कुमारी गुरूङ, सदस्यहरूमा बिन्ती कुमार गुरूङ, माया गुरूङ, तिर्थ कुमारी घले, नविन घले, हेमन्त गुरूङ, जीवन गुरूङ र गोपाल गुरूङ रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त नेत्र गुरूङद्वरा शपथ खुवाइएको थियो । र नया कार्य समितिलाई प्रमुख अतिथि, विशेष अतिथि लगायत अन्य अतिथिहरूद्वरा खदा लगाई वधाई दिनुका साथै, समाजका वरिष्ठ आजीवन सदस्य चन्द्र गुरूङ र भरत गुरूङज्यूले बधाई ज्ञापन गर्नु भएको थियो ।

अन्त्यमा नवनिर्वाचित कार्यसमितिको तर्फबाट नन्द कुमार गुरूङले आफ्नो प्रतिवद्वता जाहेर गर्नु भएको थियो । कार्यक्रमको समापन पछि सांस्स्कृतिक कार्यक्रम सहित रात्रीभोजको आयोजना गरिएको थियो ।

प्रतिक्रिया