रुसी सेनाले तीन महिनादेखि कब्जा गर्न खोजेको डोनेट्स्क क्षेत्रको बाख्मुत शहर वरपर तीव्र लडाइँ जारी रहेको अधिकारीहरुले बताएका छन् ।
डोनेट्स्क क्षेत्रका सैन्य प्रशासनका प्रमुख पाभ्लो किरिलेन्कोले दिएको जानकारी अनुसार रुसी सेनाले रातभरि बाख्मुतमा हवाई आक्रमण गरी एउटा अग्लो भवनमा आक्रमण गरेको बताए ।
“भवनका तीन वटा प्रवेशद्वार भत्किएका छन्। दुई जना भग्नावशेषमुनि रहेको हुनसक्छ,” उनले भने । लडाइँ जारी रहेता पनि केही नागरिक बखमुतमा बसेका छन् ।
क्यारिलेन्कोले डोनेट्स्कका अन्य भागहरूमा सिभर्स्क, वुहलेदार र अवडिभकामा पनि गोलाबारी भएको बताए।
युक्रेनी सेनाहरूले डोनेट्स्कका केही भागहरूमा रक्षा साथै आक्रमण जारी राखेका छन् । विशेष गरी स्लोभियान्स्कको पूर्वमा रुसी गोलाबारी र हवाई आक्रमणहरू यस क्षेत्रका अन्य क्षेत्रमा जारी रहेको उनले बताए ।
प्रतिक्रिया