पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको उपाधि

इनेप्लिज २०७९ असोज ३ गते ११:२९ मा प्रकाशित

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन् । फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन् । पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप–शिर्षक समेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस समेत बनिन् ।

प्रतियोगीतामा मिस्टर तर्फ सुजल संग्रौला फष्टरनर अप र सुरज रसाइली सेकेन्ड रनरअप बन्दा मिस तर्फ दीक्षा उपाध्याय फष्ट रनर अप र बिदिसा श्रेष्ठले थड रनरअपको उपाधि हात पारिन् ।

१६ देखी २१ बर्षसम्मका एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने उदेश्यले आयोजित प्रतियोगीताको निर्णायकमा पुर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, पूजा गिरी, दीपक घिमिरे, दिब्या प्रभा झा थिए ।

प्रतियोगीताका शिर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजबाट अध्यानका लागि सतप्रतिसत छात्रबृती, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गरेका छन् ।


त्यस्तै फस्र्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट पचास प्रतिसत छात्रबृती तथा सहभागीले पहिलो बर्ष अध्यायनका लागि पचिस प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् ।

‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ युवायुवतीको विकासमा ठूलो मद्दत पु¥याउने अपेक्षा सहित आफुले प्रतियोगीता आयोजना गरिएको फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्रि डाईरेक्टर साहील खानले बताए ।

प्रतिक्रिया