प्रचन्डको बिज्ञान एकेडेमी सम्बोधन र ढुङ्गा पूजन

बीरकाजी बस्नेत २०७९ असोज ३ गते ९:११ मा प्रकाशित

बर्तमान नेपाली राजनीतिका प्रभावशाली नेता माओवादी पार्टी अध्यक्ष पुषप्कमल दाहाल प्रचण्डले एक बिज्ञान प्रबिधी एकेडेमिमा हामी ढुङ्गा पूजा गर्छौ र मानिसलाई लात्ती हान्छौ भनी सम्बोधन गर्नु भएको कुरा आएको छ । उक्त सम्बोधनमा धर्म संस्कृति लाई जोडी रहन कती आबस्यक थियो वा थिएन बहसको बिषय हुन सक्छ । निस्च्यनै कुनै देश बिकास निर्माणमा अघी बढ्न र मानब जिबनको सहजिकरणको लागि बैज्ञानीक आबिस्कार हरुको कती महत्व हुन्छ भन्ने कुरामा सायदै फरकमत होला । ढुङा पूजनलाई यहाँहरुकै बाम शब्दावली रुप र सारको पाटो बाट बुझौ । रुपमा बुझ्दा ढुङ्गा प्रकृति प्रदत एक स्थुल भौतिक पदार्थ मात्र हो । यती मात्र बुझ्दा यहाँले भनेको जस्तो कुनै निर्जीब कुरालाई अन्धबिश्वासमा परी गरिने पूजा अर्चनामा मात्र सिमित गर्दा भयो । तर कुरा त्यती मात्र नभएर यहाँहरुले प्रयोग गर्ने पदावली सारमा बुझ्ने प्रयास गरौ । यो कसैको आस्थाको प्रतिकको रुपमा जोडीएको कुरा पनि हो । त्यस्तै स्थुल पदार्थलाई मानबिय सोच र परिश्रम मार्फत मुर्तिकलामा परिवर्तन गरी जस्तो कि बुढानिलकण्ठ नारायणको आकृती दिएको पनि हुन्छ । यहाँले यसरी बुझ्दा सहज होला कि कुनै एक देशको वा संघ संगठनको झन्डालाई रुपमा बुझ्ने हो भने त्यो केबल एक कपडाको टुक्रा मात्र हो तर सारमा बुझ्ने हो भने त्यसले देशको सार्बभौम सताको प्रतिनिधित्व गरिरहेको हुन्छ र कसैले यसको अपमान गरेमा वा जलाएमा वा च्यातेमा उक्त देशका नागरिकले कसरी लिन्छन र कस्तो प्रतिकृया देखाउछन भन्ने कुरा यहाँको तहको नेतालाई कसैले सम्झाउनु पर्छ र ?कुनै निस्चित समुदायको मात्र नभएर चाहे त्यो बुद्ध मुर्ती होस् वा इम्ब्राहिक समुहको कावाको ढुङ्गा जसको एक पाटो ईस्लामले ,एक पाटो यहुदी र अर्को एक पाटो क्रिस्चियन हरुले आ -आफ्नो आस्थाको प्रतिक मान्दछन ।

जहाँ सम्म मान्छेलाई लात हाने र ढुङ्गा पुज्ने कुरा छ हाम्रै धर्म संस्कृतिमा कुमारीलाई जिबित देबिको प्रतिक मान्ने ,पूजा गर्ने ,राजामहाराजा वा राष्ट्रप्रमुखले शिर झुकाएर अभिबादन गर्ने ,रथारोहण गर्ने जस्ता कुरा गरेर सम्मान गरिने कुरा यहाँको जानकारीमा छैन र ?यहाले धर्म संस्कृतिलाई ढुङ्गा पुज्ने कार्यमा सिमित राखेर यसको कारणले नै हामीमा अन्धबिश्वास रहेको ,बिकृती बिसंगती बढेको ,देशको बिकास हुन नसकेको कुरामा सिमित राख्नु भएको छ । हाम्रै पितापुर्खा ऋषीमुनिहरुले गहन चिन्तन र अध्ययन अनुसन्धान गरी आबिस्कार गरेका आयुर्बेद ,योगा ,प्राणायम ,ध्यान , गणित ज्योतिस हाम्रा अमुल्य खजना होइनन र ?हाम्रो गणित ज्योतिषले निर्माण गर्ने पात्रोले तोकेको समयको मिनेट सेकेण्ड सम्म फरक नपरी सूर्य वा चन्द्र ग्रहण लाग्ने गरेको कुराको अनुभव त तपाईं हामीले गर्दै आएका छौ । धारा पंधेरामा फोहोर गर्नु हुन्न नाग लाग्छन भन्नु र फोहोर गर्दा झाडा पखाला जस्ता सरुवा रोग लाग्न सक्छ भन्नु रुपमा फरक जस्तो लागेपनी सारमा स्वास्थ्य र शरीरलाई हानी गर्दछ भन्ने नै होइन र ?केही समय पहिले यहाँले भने जस्तै अबरोधको रुपमा रहेको खुवालुङ को ढुङ्गा हटाएर मोटर बाटो चलाऊन सहज बनाउनु पर्छ भनी एक पुर्ब प्रधान मन्त्रिले भन्दा त्यस छेत्रका आदिबासिहरुले त्यो ढुङ्गालाई कती सम्मको आस्थाको प्रतिक मान्दा रहेछन भन्ने कुरा प्रतिकृयामा ब्यक्त बिचारहरु यहाँले नसुन्नु भएको हो र ?

यहाँले हाम्रो बैदिक सनातनी संस्कारमा रुढिबाद ,अन्धबिश्वास ,बिकास र प्रगतिको बाधकको रुपमा मात्र एको दृष्‍टि देख्नु भएको हो ? निस्चयनै कार्य बिभाजनमा आधारित भएर कसैले पढ्ने लेख्ने ,कसैले लड्ने भिड्ने ,कसैले बन्द ब्यापार गर्ने र कसैले खेती किसानी गर्ने गर्दै गर्दा केही बाठा टाठाहरुले उच निच छुवाछुत जस्ता गलत परम्परा बसालेकै हो । त्यसलाई क्रमस कम गर्दै लगिनु पर्छ र कम हुँदै पनि गैरहेको छ । एक समयको बिन्दुमा त्यो हटेर जाने पनि छ जसरी हिजोका सती प्रथा हरु ,दास प्रथा हरु अहिले प्रचलनमा छैनन । कुनै बेला सबै सराबर सबै बराबर पनि होलान ।

यहाँले बिज्ञानले बराबरी व्यबहार गर्छ भेद्भाब गर्दैन भन्ने कुरा राख्नु भएको छ त्यो एकदम सही हो र पंहुच को सम्म पुगेको छ भन्ने पनि त हो । भेद्भाब त कोरोनाले पनि गर्दो रहेनछ नि हालै मृत्‍यु भएकी ब्रिटिश महारानीलाई पनि केही समय पहिले कोरोना लागेको थियो । त्यस्तै मृत्‍युले पनि भेद्भाब गर्दैन भन्ने कुरा हाम्रै कबी लेखनाथ पौडेलले कालमहिमा जनाउनु भएकै छ ।

यहाँले ब्रिटिशले उपनिबेश कालमा बनाएको रेल चढ्न भारतीय पण्डितलाई गार्हो भएको कुरा उल्लेख गर्नु भयो त्यो वास्तविक होला तर आबिस्कार र प्रबिधी बिकास भएको अमेरिका जस्तो देशमा पनि काला चढ्ने बस वा रेलमा गोरा नचढ्ने ,र दुबै समुदायले पढ्ने स्कुल ,खाने रेस्टुरेन्ट सम्म पनि अलग अलग हुने गर्थे । गान्धिले दक्षिण अफ्रिकामा पानी जहाज र रेल यात्रा गर्दा गोराले काला माथि भेद्भाब गरेको देखेर कालाको पक्षमा वकालत गरेको अनी कालाको अधिकारको कुरा गर्दा नेल्सन मन्डेला सत्ताइस बर्ष जेल बसेको र मार्टिन लुथर किङ को हत्या भएको कुरा त सबैलाई अबगत नै छ त ।

बैदिक सनातनी र बुद्ध धर्म नै तुलनात्मक रुपमा बैज्ञानीक छन कि ? बुद्धको सार भनेको आप्पो दिप्पो भव अर्थात आँफै दिप उज्यालो बन । हरेक कुरामा प्रश्न गर र चित्त बुझ्दो जबाफ पाएमा मात्र विश्वास गर । सनातनिको सार अहम ब्रहास्मी अर्थात बिज्ञानको भाषामा हामी सबै पूर्ण छौ । सामान्य डि यन ए पनि पूर्ण हुने हुनाले नै बाउआमामा रहेको रुप ,गुण ,स्वभाब चरित्र यहाँ सम्मकी रोग पनि सन्ततिमा सर्ने हुन्छ । ग्रेग्रर मेन्डलको बंशानुगत सिधान्तले पनि यही नै भनेको न हो । डार्विनले जिबको उत्पती र बिकासमा एक कोशीय जिब बाट बहुकोसिय ,पानी बाट सर्बप्रथम जिब उत्पती भएको कुरा र एक प्रजातिको चराबाट बहुप्रजातिका चरा बिकास भएको कुरा र हाम्रा पुर्खाहरु यापी बांदर भएको कुरा गर्दा ब्याखा र परिभाषामा भिन्नता जस्तो लागे पनि हाम्रा धर्मशास्त्रले भगवानले मत्स्य अवतार (अमिबा )कुर्मअवतार (उभयचर ), बराह अवतार (डाइनोस्वर ),नरसिह अवतार (आधा पशु आधा मान्छे व यापी हुँदै बांदर र मान्छे ),पर्शुराम अवतार पछी मानिसको सभ्यता सुरुवात भएको कुराको अभिप्राय वा आसय मिल्दोजुल्दो नै देखिन्छ र कस्यप ॠषिका बिभिन्न पत्निहरुबाट बिभिन्न प्रकारका जिबले जन्मलिएको कुरा पनि त्यस्तै नै होला । त्यस्तै परम्परागत ज्ञानमा आधारित भएर पनि कतिपय बैज्ञानीक नबिनतम आबिस्कार भएका छन ।

संसारको उत्पती कुनै इश्वर नामले गरेको हो वा होइन आफ्नो ठाउमा होला र जुन दिन बिज्ञान इश्वर भन्ने छ वा छैन भनेर प्रमाणित गर्ला त्यती बेला नै टुङो लाग्ला । इस्वरको अस्तित्व नस्विकार्ने चर्बाक , सांख्य दर्शन र बुद्ध दर्शन पनि हाम्रै सभ्यतामा छन त । हाम्रा धर्म दर्शन आस्था वा आलोचना जे जे गरे पनि उदार छन समर्थन र बिरोधमा बोल्न र लेख्न जती पनि सकिन्छ । कुनै बेला बाइबलको मान्यता बिपरित पृथिबी गोलो छ र सुर्यको वरिपरी घुम्छ भन्दा ब्रुनो ,ग्यालिलियो र कोपर्निकसहरुले झन्डै मृत्‍यु दण्ड पाएका होइनन ? कुरानमा आबस्यक सुधार गर्नु पर्छ भनी किताब लेख्दा सल्मान रुस्दी र लज्जा उपन्यास लेख्दा तस्लिमा नसरिनले जे जस्तो हालत भएको छ यस्तो हाम्रो संस्कारमा भएको छैन । बिकसित भनिएका देशहरुका मुद्राहरुमा इस्वरमा विश्वास गरिने कुराछ।पेर होस् वा बाइबल छोएर सपथ लिने कुरा होस् वा आफ्नो देशलाई इश्वरले रक्षा गरुन भन्दा पनि आबिस्कार हरु भएकै छन ।

रामायाण ,महाभारत जस्ता ग्रन्थहरुमा पनि युद्धका नियम परीपालना गरिएको पाईन्छ । तर यो शताब्दिमा यहाँहरुले गरेको जनयुद्धमा क्रान्ति निर्मम हुन्छ भन्दै पत्रकार डेकेन्द्र थापालाई जिउदै गाडेको , मुक्तिनाथ अधिकारी निहथा शिक्षकको हत्या ,कर्माकाण्ड गरेर फर्केका पन्डितहरुको टुप्पी काटेको ,कृयापुत्री बसेकै अबस्थामा हत्या गरिएको विद्यार्थीबाट संस्कृतिका पाठ्यपुस्तक खोसेर जलाएको ,महेन्द्र संस्कृति विश्वाबिद्यालयमा आगजानी गरिएको हो । युद्धको समयमा आफ्ना लडाकुहरुलाई गाई गोरुको मासु खान दिएको तर पछी भैंसी पूजामा बिज्ञान पनि यहाँले नै देख्नु भएको होइन र ?

ज्ञान हांसेर मर्दछ र बिज्ञान रोइ मर्दछ भन्ने कुराको पक्षपोषण गर्दा यसरी बुझ्न सकिन्छकी सुकरातले आफुले पाएको ज्ञानको पक्षमा हांसी हासी बिष पिएको र हिरोसिमा र नागासकिमा बिज्ञान रोएको हो कि ?

हाम्रा विद्वानहरु मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने हामी भन्दा अघिकै पुस्ता हुन । कुनै बेला कुन मन्दिरमा जान्छौ यात्री कबिता लेख्ने देवकोटा जिबनको अन्तिम क्षणमा ;रहेछ संसार निसास मन । आएन जिउंदै हुंदामा ज्ञान ।। नभक्ती भो न ज्ञान न बुद्धी बिबेक । आखिर श्री कृष्ण रहेछ एक ।।


भैंसी पूजा पछी हामीलाई पनि त्यस्तै ब्रम्हज्ञान पो आउने हो कि ??

प्रतिक्रिया