म्युजिकल नाइट तथा एकसेएकरनवे’ सम्पन्न, ११ जना मोडलले गरे फेसन शो

इनेप्लिज २०७९ असोज २ गते १६:०७ मा प्रकाशित

इटहरी/ शाहरा इन्टरटेन्मेन्ट धरानको आयोजनामा ‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ सम्पन्न भएको छ । झापाको बिर्तामोड सनिस्चरेमा अवस्थित लंका रिसोर्टमा गएको भदौ ३१ गते शुक्रबार यो कार्यक्रम सम्पन्न भएको हो । रनवेमा दिया दाहाल, अंकिता बरुवाल, सुस्मिता भुषाल, पुजा आचार्य, क्रिशिना खतिवडा, आकृति आचार्य, मनिषा थापा, बिञ्जु राजधामी, रुश्मा रोक्का, ऐश्वर्य दुतराज, रचना तामाङ्ग, रोशनी बजगाईले सेन्ट्रल फेसन हब बिर्तामोड र उर्लाबारीले तयार गरेको आकर्षक ड्रेस डिजाइनमा र्याम्प गरेका थिए ।

इन्डियाज नेक्स्ट टप मोडलको कन्सेप्टमा नेपालमा पहिलोपटक आयोजना भएको ‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ मा वेभ ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए । ब्याण्डको प्रस्तुति संगै मोडलहरुले ४ सिक्वेन्समा हिडेका थिए । ‘एकसेएकरनवे’ फेसन शो थिम फोटोसुट क्याम्पिङमा आधारित शो रहेको हुनाले यसअघि ब्यवसायिक प्रायोजन, उत्पादन वा ब्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा लगायत विभिन्न थिममा रही ६ पटक फोटोसुट गरिएको थियो । बिर्तामोड, दमक र इटहरीमा गरिएको अडिसनमा ४५ जना सहभागी थिए ।

जसबाट फाइनल शोको लागि ११ जना छानिएका थिए । सो ११ जना मोडलहरुलाई मिस टुरिजम नेपाल २०१५ कि बिजेता चन्द्रिका मोतेले कोरियोग्राफ गराएकी थिइन् । ‘एकसेएकरनवे’ को इन्भेन्ट कोअर्डिनेटरको रुपमा दीक्षा गिरि, रुष्मा रोक्का, दिनेश बिक र अफिसियल फोटोग्राफीको रुपमा परिकला फोटोग्राफी रहेको थियो भने कार्यक्रमको डिजाइन जिवन चिमोरियाले गरेका हुन् । कार्ल्सबर्ग टुबोर्ग बियरको प्रस्तुति रहेको कार्यक्रमलाई तृष्णा उपाध्याय रेग्मीले संचालन गरेकी थिइन् । डिभाइन वाइन, सिग्नेचर, वाइवाइ क्विक पिरो चाउचाउ, जोली आइसक्रिम, नवदुर्गा ट्रेडर्स, ब्ल्यागपिग इण्टरटेन्मेण्ट, शौर्य एइर्लाइन्स कार्यक्रमको सहयोगीको रुपमा रहेको थियो ।

प्रतिक्रिया