दुबईमा दशैं धमाका कार्यक्रम हुने

इनेप्लिज २०७९ असोज २ गते १५:२३ मा प्रकाशित

लालबहादुर ढेंगा, दुबई,युएई

दुबई । यहि आउंदो २५ सेप्टेम्बर आइतबारका दिन दुबईस्थित अस्टोरिया होटलको एभरेष्ट क्लबमा नेपालीहरुको सबैभन्दा ठूलो चाडको रुपमा मनाइने दशैंको पावन अवसर पारेर नेपालबाट आउने अतिथि कलाकारहरुका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिमा “दर्शै धमाका–२०२२” विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिने भएको छ । सो कार्यक्रम अल रिएडी इभेन्ट्सको संयोजकत्व र जिबी होलीडेसको प्रस्तुतिमा गरिने भएको हो।

हामी नेपालीहरु रोजगारीको शिलशिलामा बिश्वको कुनै ठाउंमा छरिएर रहेता पनि कला, संस्कृति, भेष भूसा र चाडहरु आ–आफ्नो तरिका र सुविधा अनुरुप मनाएका हुन्छौ । खासै भन्नु पर्दा धेरै जसो प्रवासी नेपालीहरु स्वदेशमा घर परिवारसंग दशैं र तिहार मनाउन जानेहरुको घुइचो लागेको देख्न सकिन्छ । तर, नजानेहरुलाई आफ्नै मौलिक भाकाका गीत संगीतसंगै नाच्न र झुम्नका लागि उपयुक्त थलो सावित भएको पाईन्छ । आइतबारे सार्वजनिक बिदाका दिन नेपालीहरुको जक्शन मानिने बरदुबईमा हुने यस कार्यक्रमले सबै तिर आउन र जानका लागि यातायातको पनि सहजै रुपमा पाईन्छ।

उक्त कार्यक्रमका लागि नेपालबाट अतिथि कलाकारहरुको रुपमा गायिका एलिना चौहान, गायक प्रविण बेडवाल र गायक तथा संगीतकार सी.एल शर्मा आउने भएको छ । उनिहरुलाई दुबईको कार्यक्रम पहिलो पटक भएकाले दर्शकहरुका लागि पनि नौलो अनुभव हुने छ । अतिथि कलाकारहरुका साथमा स्थानीय कलाकारहरुको पनि प्रस्तुतिहरु रहने जानकारीमा आएको छ । अब भने नेपालीहरुको चाडपर्व सुरुवातसंगै दुबईमा मौसमले चिसोमा कोल्टो फेरेको छ । यो कार्यक्रमले दर्शकहरुलाई मनोरञ्जन मात्र नभएर कला र गला भएका कलाकारहरुलाई स्थान प्रदान गर्नमा पनि महत्वपूर्ण भूमिका खेल्ने छ ।

खासगरी दशैंको कार्यक्रम भएकाले आयोजक टिम व्यवस्थापनमा लागि परेका छन् । प्रदेशको ठाउंमा कार्यक्रम आयोजना गर्न त्यति सहज त छैन् । तर, व्यवसायी, बुद्धिजीवी, समाजसेवी, दाजुभाई तथा दिदी बहिनीहरुको प्रतिकुल सहयोगबाट सम्भव रहने गर्दछ । युएईस्थित रहेका सम्पूर्ण जनालाई यसै समाचारको आधारमा उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ । नौलो कलाकारहरु आउने खबरले दर्शकहरुमा पनि नयां जोश र नयां उमंगका साथ उत्साहित भएका देखन सकिन्छ ।

प्रतिक्रिया