भारतीय शक्तिशाली उद्योगपतिले एमाजोनका जेफ बेजोसलाई संसारको दोस्रो धनी व्यक्तिको रूपमा प्रतिस्थापना गराएका छन् । अब बेजोस बिश्वकै तेश्रो धनीमा झरेका छन् ।
भारतीय ब्यापारी गौतम अडानीलाई ब्लूमबर्गको अर्बपति सूचीमा दोश्रो स्थानमा राखेको छ भने उनि द्रुत रूपमा उक्लिएपछि बेजोस शीर्ष तेस्रो संख्यामा झरेका हुन् ।
इलोन मस्क अझै पनि २६० बिलियन(अर्ब डलर) का मालिक हुन् र अझी उनि बिश्वकै शीर्ष धनाढ्य व्यक्ति हुन । अडानीलाई बिश्व कै धनाढ्य शीर्ष दोस्रो स्थानमा पुग्न १० महिनाभन्दा कम समय लागेको छ ।
लामो समयदेखि प्राविधिक उद्यमीहरूको वर्चस्व रहेको ब्लूमबर्गको सूचीमा एसियाका कुनै व्यक्तिले यति उच्च स्थान पाएको यो पहिलो पटक हो।
अडानीसंग १४६.९ बिलियन डलर सम्पत्ति रहेको छ । अडानीको ब्यापार समूहले हालका वर्षहरूमा बन्दरगाह र कोइला लगायतका व्यवसायहरू सञ्चालन गर्दै आएको छ ।
जुन २०२० देखि अडानीका केही प्रतिष्ठानहरूको शेयर(अंश ) १,०००% भन्दा बढि बढेको छ । उनको प्रमुख अडानी इन्टरप्राइजेजको अंश (शेयर) २०२२ मा ११५% भन्दा बढि बढेको छ भनि सिएनएनले समाचार लेखेको छ ।
.
प्रतिक्रिया