युक्रेनको इजियममा कम्तिमा “४४० चिहान” भेटियो

इनेप्लिज २०७९ भदौ ३१ गते ११:१६ मा प्रकाशित

युक्रेनले इजियममा कम्तिमा “४४० चिहान” भेटिएको जनाएको छ ।

युक्रेनी रक्षा मन्त्रालयले गत बिहीबार खार्किभ क्षेत्रको इजियममा रहेको एउटा चिहानको तस्बिरहरू ट्वीट गर्दै गत साताको अन्त्यमा यस क्षेत्रलाई रूसी सेनाहरूबाट मुक्त गरेपछि “४४० अचिह्नित चिहानहरू” फेला परेको बताएको छ ।

युक्रेनको सेन्टर फर स्ट्राटेजिक कम्युनिकेसन्स( रणनीतिक संचार)का अनुसार गत बिहीबार रुसीहरू त्यहाँबाट भागेपछि फेला परेका केही चिहानहरूमा “हालसालै ” र त्यहाँ गाडिएका शवहरू “अधिकांश सर्वसाधारण” रहेको बताएको छ ।

मृत्युको कारण र गाडिएका वरपरका परिस्थितिहरू अस्पष्ट रहेको युक्रेनका राष्ट्रपति भोलोडिमिर भने । “आवश्यक प्रक्रियात्मक कार्यहरू सुरु भइसकेको उनले बताए ।

तस्बिर कृतज्ञता :सिएनएन /युक्रेनका राष्ट्रपतिको कार्यालय

प्रतिक्रिया