भर्जिनियाको मनाससका नरदिप राईको निधन,अन्तिम श्रद्धान्जली सेप्टेम्बर १६

इनेप्लिज २०७९ भदौ ३१ गते १:१२ मा प्रकाशित

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा बस्दै आएका नरदिप राईको असमायीक निधनले नेपाली समुदायलाई स्तब्ध बनाएको छ । लामो समय देखि सपरिवार मनासस शहरमा बस्दै आएका राईको गत सेप्टेम्बर १३ का दिन निधन भएको हो ।

सहयोगी र मिलनसार राईले मन्त्रमुग्ध हुने गरि बासुरी बजाउने गर्थे ।

स्व राईका नजिकमा मित्र झापा घर भैं हाल मनासस तिरै बस्दै आएका र संगै ३-४ बर्ष संगै एउटै प्रतिष्ठान(कम्पनि)मा काम गरेका सन्तोष प्रसाईले ईनेप्लिजलाई जानकारी दिदै अन्तिम श्रद्धान्जली सेप्टेम्बर १६ शुक्रबारका दिन राखिएको बताए ।

साथै दाह संस्कारमा सरिक हुन् चाहनेले मुनिको ठेगाना गै स्व राईलाई श्रद्धा सुमन अर्पण गर्न सकिने छ । प्रसाईले आफ्ना मित्र गुमाएकोमा सामाजिक संजाल मार्फत समवेदना सहित अन्तिम संस्कारमा उपस्थिति हुन् समेत आग्रह गरेका छन् ।

यस दुखद घडीमा ईनेप्लिज परिवार दिवंगत आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवार प्रति धैर्य धारण ग़र्ने शक्ति मिलोस् भनि भगवानसँग प्राथना गर्दछौ । हार्दिक श्रद्धान्जली !

श्रद्धा सुमन गर्ने स्थल :

मिती – September 16th, 2022
स्थान- 10001 Nokesville Road Manassas VA 20110
समय- 11:00 AM

प्रतिक्रिया