रुसले युक्रेनको प्रमुख बाँधमा क्षेप्यास्त्र प्रहार गरे पछि घरहरू डुबानमा परेका छन् । रुसी क्षेप्यास्त्रहरूले दक्षिणी युक्रेनी शहर क्रिभि रिह नजिकै रहेको जलाशययुक्त बाँधमा क्षेप्यास्त्र प्रहार गरेको अधिकारीहरूले बताएका छन्।
केही क्षेत्रका बासिन्दाहरूलाई खाली गर्न भनिएको नगर प्रमुख ओलेक्जेन्डर विल्कुलले भने तर उनले स्थिति नियन्त्रणमा रहेको बताए।
युक्रेनले उक्त आक्रमण रुसले हालै गरेको प्रतिआक्रमणको बदला भएको बताएको छ ।
उक्त शहरमा जन्मिएका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले काराचुनिभ्सके जलाशयमा भएको आक्रमणपछि रुसलाई “आतंकवादी राज्य” को संज्ञा दिएका छन्
जेलेन्स्कीले बुधबार राति आफ्नो सम्बोधनमा रुसी सेनालाई तिमीहरु कमजोर व्यक्तिहरू हौ र आम नागरिकहरूसँग लड्छौ भनि चेतावनी दिए ।
लडाईको मैदानबाट भागेर टाढाबाट हानि गर्न खोजिरहेका छौ भन्दै रुसीलाई बदमासहरु हौ भनि सम्बोधन गरे ।
आफ्नो भाषणमा जलाशयको कुनै पनि सैन्य मूल्य नभएको उनले बताए । बाँधबाट इनहुलेट्स नदीमा पानीको बहाव बढाउन रातारात दुईवटा विष्फोट गरिएको विल्कुलले बताए ।
६ लाख भन्दा बढी मानिसहरूको युद्धपूर्व जनसंख्या भएको शहरमा आक्रमणबाट पानी आपूर्ति प्रभावित भएको छ ।
प्रतिक्रिया