एनआरएनए अमेरिकाको भवन खरिदमा सहभागी बन्ने बारे

इनेप्लिज २०७९ भदौ ३० गते ९:०७ मा प्रकाशित

सम्पूर्ण आजीवन सदस्य तथा साधारण सदस्य ज्युहरु नमस्कार।

विषय : एनआरएनए अमेरिकाको भवन खरिदमा सहभागी बन्ने बारे ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनसीसी) ले 10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030 मा भवन खरिद गर्न लागेको जानकारी गराउन पाउँदा हर्षित छौ। भवन खरिद प्रक्रिया सुरु भैसकेको र यसलाई अक्टोबर ४, २०२२ भित्रमा सम्पन्न गरिसक्नु पर्नेछ। संस्थाको भवन खरिदमा सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई सहभागी गराउने उद्देश्य एनसीसीले राखेको छ। तपाईँ हाम्रो आफ्नो घरको रूपमा रहने यस भवन खरिदमा आफू सक्दो सहयोग पुर्‍याउनु हुन् सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई हार्दिक अनुरोध गर्दछौ। सहयोग रकम तल उल्लेख गरिएको बैकमा जम्मा गर्न सकिनेछ।

Bank Name:- Wells Fargo
Routing Number:- 5623718383
Account Number:- 031100869

रकम जम्मा गर्नको लागि थप जानकारीको आवश्यकता परेमा कोषाध्यक्ष राजीव श्रेष्ठलाई 619-750-6403 मा वा आर्थिक संयोजक कृष्ण जीवी पन्तलाई 443-433-2073 मा सम्पर्क गर्न सक्नुहुनेछ। भवन खरिदको विषयमा थप जानकारी चाहिएमा अध्यक्ष बुद्धि सागर सुबेदीलाई 920-809-1210 मा सम्पर्क गर्न सक्नुहुनेछ।

PayPal Donation Link

कृष्ण जीवी पन्त
वरिष्ठ उपाध्यक्ष तथा आर्थिक सङ्कलन संयोजक
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, अमेरिका
मिति सेप्टेम्बर १०,२०२२

अन्जन कुमार चौलागाईं
महासचिव
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, अमेरिका
मिति सेप्टेम्बर १०,२०२२

बुद्धि सागर सुवेदी
अध्यक्ष तथा भवन खरिद संयोजक
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, अमेरिका

मिति सेप्टेम्बर १०,२०२२

प्रतिक्रिया