सुगम पोखरेलको स्वरमा नयाँ गीत तिमी फर्केर आयौ सार्वजनिक

इनेप्लिज २०७९ भदौ ३० गते ९:०२ मा प्रकाशित

सुगम पोखरेलको स्वरमा नयाँ गीत तिमी फर्केर आयौ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदिप चापागाईं को शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ,बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ।प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन्।भिडियोमा उत्तम हुमागाईको छायांकन,अनिता ग्वाचाको मेकअप र बिकास धमलाको सम्पादन समाबेश छ।

प्रतिक्रिया