जेलेन्स्कीद्वारा रुसीले कब्जा गरेको महिनौं पछि खार्किभको इजियमको भर्खरै मुक्त शहरको भ्रमण

इनेप्लिज २०७९ भदौ २९ गते ११:१७ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको सेनाले शहरलाई पुनः कब्जा गरेको पाँच दिनपछि बुधबार खार्किभको उत्तरपूर्वी क्षेत्रमा भर्खरै मुक्त गरिएको इजियमको भ्रमण गरेका छन।

सेनाको एक इकाईको सामाजिक संजाल अनुहार किताव पन्ना (फेसबुक पेज)को तस्बिरहरुमा जेलेन्स्की शहरको प्रशासनिक भवनमा युक्रेनी झण्डा फहराउनको लागि मुख्य चोकमा आयोजित समारोहमा देखाइएको छ । रक्षा उपमन्त्री हन्ना मलियार पनि उपस्थित थिए ।

“पहिले, जब हामीले माथि हेर्थौ ,हामी सधैं निलो आकाश खोज्थ्यौं। आज, जब हामी माथि हेर्छौं, हामी केवल एक चीज खोज्छौं – युक्रेनको झण्डा,” जेलेन्स्कीले सरकारी संचार माध्यम टेलिग्राम च्यानलमा प्रकाशित गर्दै भने।

“हाम्रो नीलो-पहेंलो झण्डा पहिले नै कब्जा गरिएको इजियममा फरफराईरहेको छ। र ,यो हरेक युक्रेनी शहर र गाउँमा हुनेछ। हामी केवल एउटै दिशामा अघि बढिरहेका छौं ,विजय तर्फ।” उनले भने ।

राष्ट्रपतिको संजालस्थल (वेबसाइट)मा जारी विज्ञप्ति अनुसार जेलेन्स्कीले भने, “हाम्रा जनता, हाम्रो हृदय, बालबालिका र भविष्य बचाउनु भएकोमा म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु।”

“हालका महिनाहरूमा तपाईहरुका लागि यो धेरै गाह्रो भएको छ। त्यसैले, म तपाईहरुलाई आफ्नो ख्याल गर्न अनुरोध गर्दछु, किनकि तपाईहरु हामीसँग भएको सबैभन्दा मूल्यवान सम्पत्ति हुनुहुन्छ,” उनले भने।

“हाम्रो राज्यको क्षेत्रहरू अस्थायी रूपमा कब्जा गर्न सम्भव हुन सक्छ। तर हाम्रा जनता, युक्रेनी जनतालाई कब्जा गर्न पक्कै असम्भव छ,” उनले भने।

कार्यक्रममा सैनिक कारबाहीका क्रममा बेपत्ता भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

युक्रेनी सेनाले शनिबार इजियमको नियन्त्रण फिर्ता लिएको छ र पूर्वमा रुसको सैन्य आक्रमणलाई ठूलो रणनीतिक प्रहार चिन्ह लगाइएको छ।

खार्किभ र डोनेट्स्क क्षेत्रहरू बीचको सिमानामा रहेको इजियम पाँच महिनाभन्दा बढी समयदेखि रुसी कब्जामा थियो र आक्रमणकारी सेनाका लागि महत्त्वपूर्ण केन्द्र बनेको थियो।

तस्बिर कृतज्ञता : सिएनएन

प्रतिक्रिया