प्रेम थियो तिमि सँग सारा……..

गोबिन्द राज ओझा (राजन) २०७९ भदौ २८ गते २३:०३ मा प्रकाशित

प्रेम थियो तिमि सँग सारा जगतमा चर्चा भयो

त्यहि प्रेमको कथा हाम्रो संसार भरि फैलियो           

हामिले गाउने गित सबैले सुन्न थाले

भेटघाट हुदा तिमिसँग  अनेक प्रश्न सोध्न थाले    

प्रेम थियो तिमि सँग त्यहि कथा बन्यो

हाम्रो माया यो जगतमा नमुना भयो

तिमि सँगको भेटमा तिमिले मुस्कान देखाउछौ

हाम्रो माया प्रेमको कहानि सबैलाई सुनाउछौ

यो श्रृष्टी रहन्जेल रहिरन्छ हाम्रो माया

सदा अमर रहन्छ हाम्रो मायाको कथा

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल   

प्रतिक्रिया