डिसी क्षेत्रमा हुने “कलिउड नाईट २०२२” को तयारी भब्य हुदै ,कार्यक्रम ५ बजे शुभारम्भ हुने

विजय थापा २०७९ भदौ २८ गते २२:५३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना गरिने कलिउड नाईट २०२२ को तयारी भब्य रुपमा चलिरहेको आयोजकले बताएका छन् । यस पटक बिगत बर्ष भन्दा फरक समयमा कार्यक्रम हुने भएको छ ।

आयोजकका अनुसार कार्यक्रम ठिक ५ बजे सुरु गर्ने तर कार्यक्रमस्थलमा दशैँ तिहारका सामग्रीहरु पनि खरिद गर्ने हुनाले दिउसो २ बजे चहल पहल सुरु हुने भएको छ । बिगत बर्षहरुमा ६ बजे बजे कार्यक्रम गर्ने गरिन्थ्यो भने यस पटक १ घण्टा अगाडी सुरु गरिने भएको छ ।

बिगत बर्ष जस्तै यस पटक पनि कार्यक्रममा खादा लगाउने र भाषण कार्यक्रमहरु नहुने आयोजकले बताए ।

यो आयोजकहरुको प्रतिबद्धता हो भने बिगत बर्षहरुमा संचालन भएका सबै कार्यक्रमहरु ऐतिहासिक रुपमा सफलताका साथ सम्पन्न भएका थिए ।

उक्त कार्यक्रममा चर्चित हास्य कलाकार जीतु नेपाल तथा वरिष्ठ लोक गायक प्रेम राजा महत समेतको बिशेष प्रस्तुति हुने भएको छ ।

“कलिउड नाईट २०२२” को प्रचार प्रसारको साथै तयारीहरु द्रुत गतिमा अगाडी बढी रहेको केसी डान्स सेन्टरका संस्थापक नबिन केसीले ईनेप्लिजलाई बताए ।

सन् २०१७ देखि देखि २०१९ सम्म भव्यताको साथ आयोजना भएको उक्त कार्यक्रम कार्यक्रम कोरोना महामारीको कारण २ बर्ष स्थगित भएका थिए ।

नेपाली समुदायको महान चाड दशैँ तिहारलाई लक्षित बनाई नेपाली समुदायहरुको लागि आयोजना गरिने कलिउड नाईट अत्यन्तै स्तरीय र सांगीतिक कोशेली हो । केसी डान्स सेन्टरद्वारा आयोजना हुने उक्त कार्यक्रममा ख्याति प्राप्त चर्चित कलाकारहरु ,उक्त केन्द्रमै नृत्य सिक्दै गरेका दोश्रो पुस्ताका बालबालिका ,अभिभावक तथा प्रशिक्षार्थीहरुको बिशेष प्रस्तुति रहने छ ।

यसै क्षेत्रका नेपालीहरुले अत्यधिक मन पराईएको कार्यक्रम मध्ये एक हो ।

भर्जिनियाको मनाससमा रहेको हिल्टन पर्फर्मिंग आर्ट्स सेन्टरमा सेप्टेम्वर २४ शनिवारको दिन नेपाली विशुद्ध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम “कलिउड नाईट २०२२” को भब्य तयारी भै रहेको केसीले बताए ।

केसी डान्स सेन्टरका संचालक तथा नृत्य निर्देशकद्वय नवीन केसी र लुना श्रेष्ठले भव्यताका साथ सफल बनाउन नेपाली समुदायहरुलाई साथ,सहयोग ,सल्लाह र माया गर्न बिशेष अनुरोध गरेका छन् ।

साथै उक्त दिन डिसी महानगर क्षेत्रमा सम्पूर्ण संघ संस्थाहरुलाई कुनै पनि कार्यक्रम नराख्न विनम्र अनुरोध गर्दै नेपालीहरुको महान चाड दशै र तिहारको उपलक्ष्यमा हुन लागेको भव्य कार्यक्रममा एउटै छातामुनी बसेर शुभकामना आदान प्रदान गर्दै भरपुर मनोरंजन गरौ भनि केसीले आह्वान गरेका छन ।

उनले “ कलिउड नाईट २०२२” मा उपस्थित जनाउन आग्रह सहित तपाईहरुको उपस्थिति हाम्रो हौसला” भन्ने नारा समेतलाई पुन:स्मरण गराएका छन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन् भने उनका अनगिन्ती लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन् । साथै ,उनले हरेक दिन दर्जनौ मूलधारका समाचार ,सामुदायिक समाचार र बिश्वभरिका दैनिक अन्तर्राष्ट्रिय समाचार ,अन्तर्वार्ता र स्वास्थ्य सम्बन्धि  कार्यक्रम संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया