जुन २०१७ मा २ म्यानेजमेन्टका विद्यार्थी र १ इन्जिनियरले काठमाडौँका घर तथा अफिसलाई दैनिक रुपमा चाहिने विद्युत तथा प्लम्बिंग सम्बन्धी सानोतिनो समस्याको लागि सेवा चाहिँदा खेप्नुपर्ने सास्तीलाई समाधान गर्न बिल्कुल नयाँ व्यावसायिक मोडेलका साथ् एउटा कम्पनी सुरु गरेका थिए जसको नाम थियो ‘सजिलो सेवा’ l
यस कम्पनीले आफ्नो सुरुवाती दिनमै उद्यमशीलतालाई प्रोत्साहन दिन सुरु भएको टेलिभिजन रियालिटी शो “आइडिया स्टुडियो भाग २” मा धेरै प्रशंसा प्राप्त गरी सो सिजनको विजेता समेत बन्यो l
यस क्षेत्रमा पायोनियर बनेको सजिलो सेवा टिमले आफ्नो स्थापनाको ५ वर्ष मनाएको केहि समयमै प्रविधिमैत्री नवीनतालाई जारी राख्दै दुवै IOS तथा android लाई हुने गरि नयाँ सजिलो सेवा एप लिएर आएको छ l हालसम्म २५० Experts बाट ४०,०००+ सेवा प्रदान गरिसकेको अनुभव बोकेको टिमले आफ्नो सेवालाई अटोमेट गर्न विगत १ वर्ष देखि काम सुरु गरेको थियो l
कम्पनीले अब यस एप मार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिंग, ड्राइभर, क्लिनिंग तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गर्ने छ l
ग्राहकहरुका लागि यस एपका मुख्य विशेषताहरु निम्न उल्लेख गरिएको छ l
सुरुवाती दिनहरुमा (भाद्र १७, २०७९ देखि कार्तिक ७, २०७९ गते सम्म) कम्पनीले ग्राहकहरुका लागि निकै लोभलाग्दो अफरहरु पनि छन्
ग्राहकहरुको लागि मात्र नभई कम्पनीले सेवा प्रदायकहरुका लागि पनि “Sajilo Experts” नामक एप दुवै IOS तथा android मा कम्पनीले ल्याएको छ, जसले गर्दा सेवा प्रदायकहरुले छिटो र गुणस्तरीय सेवा प्रदान गर्न सक्नुहुने छ l
“Sajilo Expert” एप मार्फत हामीले दक्ष जनशक्ति पहिचान गरि वहाँहरुलाई प्रयाप्त रोजगारीको अवसर श्रीजना गर्ने लक्ष हामी सजिलो सेवा टिमले लिएका छौँ l
Sajilo Expert एपका मुख्य विशेषताहरु निम्न उल्लेख गरिएको छ l
‘सजिलो सेवा’ नेपालको सबैभन्दा ठुलो सेवाको बजार बन्ने लक्ष्यको नजिक पुग्ने एउटा मुख्य कोसे ढुङ्गो यो एप हो l यसपछि कम्पनीले १०० भन्दा धेरै सेवालाई यस एपमा थप्दै जाने छ भने आफ्नो सेवालाई छिटै नेपालभरि विस्तार गर्ने लक्ष कम्पनीले लिएको छ l यसो गर्दा कम्पनीले नेपाली बजारमा दैनिक ५००० भन्दा धेरै रोजगारीको अवसर श्रीजना गरेर नेपाली युवा जनशक्तिलाई सीप र रोजगारीको माध्यममार्फत सशक्तीकरण गर्ने छ l
केहि महिना अगाडि, सजिलोले ट्रू नर्थ एसोसिएट नामक प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कम्पनीबाट रु. १० करोडको लगानी प्राप्त गरेको थियो l एप लन्चका साथै कम्पनीले काठमाडौँ भन्दा बाहिर सेवा बिस्तारलाई पनि उत्तिकै महत्व दिएको छ l आउँदो असोजको महिनासम्म सजिलो सेवाले आफ्नो सेवा पोखरामा पनि विस्तार गर्दैछ l
यसका अलावा, सजिलो सेवा टिमको लक्ष्य भनेको नेपाली बजारमा दक्ष जनशक्तिको विकास पनि रहेकोले, सजिलो सेवाले आफ्नो क्षमता बढाउन चाहानेहरुका लागि छिटै आफ्नो ट्रेनिंग सेन्टर स्थापना गर्ने छ l यसले गर्दा स्वदेशमै पर्याप्त दक्ष जनशक्ति उत्पादन गरेर सो जनशक्तिलाई स्वदेशमै पर्याप्त आम्दानी गर्ने अवसर प्रदान गरेर वैदेशिक रोजगारीको बाध्यताबाट मुक्त गर्ने लक्ष कम्पनीले लिएको छ l सजिलो सेवाले आगामी ५ वर्ष भित्र ५००० भन्दा बढि जनशक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने लक्ष लिएको छ l
सजिलो सेवालाई सजिलै
Play Store मा: shorturl.at/qsT37
App Storeमा: shorturl.at/cfP02
वेबसाईट: sajilosewa.com
फेसबुकमा: www.facebook.com/sajilosewa.np
इन्स्टाग्राममा: www.instagram.com/sajilosewa.np/
र हटलाईन नम्बर: 980188828,मार्फत सम्पर्क गर्न सकिन्छ l
)
प्रतिक्रिया