डिसीमा हुने दशैँ–तिहार महोत्सवमा १९७४ एडीका गायक एड्रियन प्रधान तथा निमा रुम्बाको बेजोड प्रस्तुति हुने

विजय थापा २०७९ भदौ २८ गते २२:२४ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रमा सेप्टेम्बर २५ आइतबारका दिन आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधान तथा चर्चित गायक निमा रुम्बाले बेजोड प्रस्तुति गर्ने भएका छन् ।

दिवा समयमा दशैँ–तिहार महोत्सव २०२२ हुनेछ भने रात्री समयमा एड्रियन प्रधान तथा निमा रुम्बाको बिशेष प्रस्तुति हुने भएको छ

साथै स्थानीय कलाकारहरु समेतको प्रस्तुति हुने भएको छ । कार्यक्रमको तयारी निकै द्रुत गतिमा चली रहेकोले यो मेलामा उत्साहजनक मानिसहरु भेला हुने अपेक्षा गरिएको छ ।

आयोजकको तर्फ बाट सुरेश सापकोटाले सबैलाई दशैं नजिक रहेको उक्त कार्यक्रममा उपस्थित जनाउन समेत आग्रह गरेका छन ।

‘थ्री ई इन्टरटेन्मेन्ट’ संस्थाको आयोजनामा दशैं तिहार मेला २०२२ हुन लागेको हो । थ्री ई इन्टरटेनमेन्ट संस्थाले पछिल्ला बीस वर्षभन्दा लामो समयदेखि वासिङटन डिसी महानगर क्षेत्रका नेपाली समुदायबीच व्यवसायिक कार्यक्रमहरूको सफल आयोजना गर्दै आएको छ ।

‘दशैँ–तिहार महोत्सव २०२२’ पूर्ण पारिवारिक वातावरणबीच २०२२ सेप्टेम्बर २५ आइतबार भर्जिनियाको सेन्टरभिल क्षेत्रस्थित “बुल रन इभेन्ट सेन्टर” (बुल रन इभेन्ट सेन्टर, ७७०० बुल रन ड्राइभ, सेन्टरभिल, भर्जिनिया २०१२१) मा आयोजना हुनेछ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन् भने उनका अनगिन्ती लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन् । साथै ,उनले हरेक दिन दर्जनौ मूलधारका समाचार ,सामुदायिक समाचार र बिश्वभरिका दैनिक अन्तर्राष्ट्रिय समाचार ,अन्तर्वार्ता र स्वास्थ्य सम्बन्धि  कार्यक्रम संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया