सेप्टेम्बरको सुरुदेखि नै युक्रेनको ६ हजार वर्ग किलोमिटर भूभाग मुक्त गरिएको छ : जेलेन्स्की

इनेप्लिज २०७९ भदौ २८ गते ११:३० मा प्रकाशित

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेप्टेम्बरको सुरुदेखि नै युक्रेनको ६ हजार वर्ग किलोमिटर भूभाग मुक्त गरेको बताएका छन् ।

युक्रेनी सेनाले महिनाको सुरुदेखि देशको पूर्व र दक्षिणमा ६,००० वर्ग किलोमिटर (लगभग २,३१६ वर्ग माइल) भूमि फिर्ता लिएको बताए । र ,उनले रुसलाई एक्लो पार्न ठूलो अन्तर्राष्ट्रिय दबाबको लागि अपील गरे।

विश्लेषकहरूका अनुसार यो फेब्रुअरीमा सुरु भएदेखि रुसी आक्रमणमा गुमेको क्षेत्रको झण्डै १०% बराबर हुनेछ।

आफ्नो दैनिक अङ्कियदृश्य (भिडियो) सन्देशमा, जेलेन्स्कीले रुसलाई प्रश्न गरे : “किन [रूस] यति क्रूर र निन्दनीय रूपमा युद्ध गर्न सक्छ? रूसमाथि अपर्याप्त दबाब र यस राज्यको आतंकको प्रतिक्रिया अपर्याप्त रहेको, उनले बताए ।

रुसका नागरिकहरू अझै पनि आराम गर्न र किनमेल गर्न युरोप जान सक्छन्, उनीहरूले अझै पनि युरोपेली प्रवेशआज्ञा पाउन सक्छन्, र ,कसैलाई थाहा छैन कि त्यहाँ हत्याराहरू छन्। उनीहरू भर्खरै युक्रेनको कब्जा गरिएको क्षेत्रबाट फर्केका छन्, जेलेन्स्कीले भने।

हिजो र आज, रूसी सेनाले युक्रेनी उर्जा पूर्वाधारमा प्रहार गर्यो। सयौं हजारौं युक्रेनीहरू अन्धकारमा परेका छन ,उनले भने ।

प्रतिक्रिया