लिटिल च्याम्सकी विजेता कृपाको पहिलो गीत  ‘तिमि सग एक छिन’ सार्वजनिक (भिडियो  )

इनेप्लिज २०७९ भदौ २७ गते २१:२७ मा प्रकाशित

गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’की विजेता कृपा पौडेलको पहिलो म्युजिक भिडियो ‘तिमि सग एक छिन’ सार्वजनिक भएको छ । नेपालकै अग्रणी म्युजिक कम्पनी ‘म्युजिक नेपाल’ सगको सहकार्यमा उनले गीत ल्याएकी हुन् । गीतकार मन्दिरा ढुंगेलको शब्द रचना ,कल्याण सिंहको सगीत रहेको गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ । ‘तिमि सग एक छिन’को भिडियोमा उनी आफैले लिड रोलमा अभिनय गरेकी छिन भने भिडियोमा उनको साथमा सप्रबराज जोशी र कृषा लोहनी अभिनय रहेको छ । गायक राजीव लोहनीले निर्देशन गरेको भिडियोमा भवानी शिल्पकारको क्यामेरा र बिनय दाहालको सम्पादन रहेको भिडियोको सिनेमाटोग्राफर डी ओ पी रवि सायमी हुन् ।

झापामै रहेर पढाईको साथ साथै गायन , नृत्य,अभिनय ,मेकअपको साथमा कुकिंगमा सौख भएकी कृपा निकट भबिस्यमै आफ्नो गीतसगीत को ज्ञान बढाउनको लागि म्युजिक कलेज भर्ना हुने तयारीमा छिन।

प्रतिक्रिया