रानी एलिजाबेथ द्वितीयको शव-पेटिकाले बालमोरल छोड्यो

इनेप्लिज २०७९ भदौ २६ गते १२:४० मा प्रकाशित

रानी एलिजाबेथ द्वितीयको शव-पेटिकाले स्कटल्याण्डको बालमोरल छोडेको छ । शव पेटी स्कटल्याण्डका गाउँ पर गर्दै अगाडी बढीरहेको छ ।

रानी एलिजाबेथ द्वितीयको शव-पेटिकाले बालमोरल छोडेको छ र सडकबाट एडिनबर्गको लागि छ घण्टाको यात्रा सुरु गरेको छ ।

सेप्टेम्बर १९ मा उनको राजकीय अन्त्येष्टिको लागि लन्डनको अन्तिम यात्राको सुरुवात भएको सिएनएनले जनाएको छ ।

रानीको शव पेटीलाई एडिनबर्गमा लैजाँदा गर्दा हजारौं मानिसहरू स्कटल्याण्डका ग्रामीण इलाकाहरू र एबरडीन र डन्डी शहरहरू हुँदै शाही शव-यात्रागर्ने मार्गमा पंक्तिवद्ध सुरु भएको छ ।

सयौं मानिसहरू उनीहरूको सम्मान गर्न सडकमा बसेका छन् । एडिनबर्गको होलीरुडहाउसको दरवारको यात्रामा उनको शव-पेटीसँगै सातवटा सवारी साधनहरु रहेका छन् ।

स्थानीय समय अनुसार बिहान १० बजे (५ बजे अमेरिकी पूर्वीय समय) शव यात्राले बालमोरलबाट स्कटल्याण्ड हुँदै बेलायती शाही परिवारको आधिकारिक स्कटेली निवास एडिनबर्गको होलीरुडगृहको दरबारमा छ घण्टाको यात्राको लागि निस्केको छ ।

आज बिहान यो बल्लाटर, अबोयने र बन्चोरी गाउँ हुँदै परिक्रमा गरेको थियो ।

तस्बिर कृतज्ञता : एपी तथा रोयटर्स

प्रतिक्रिया