युक्रेनीहरू अघि बढ्दै जाँदा रुसले खार्किभमा थप सैनिक बलहरू पठाईरहेको सिएनएनले समाचारमा जनाएको छ । युक्रेनी सेना अगाडी बढ्दै जाँदा खार्किभमा युद्धरत सैन्य इकाइहरूलाई सुदृढ गर्न यो क्षेत्रमा रुसले सैनिक पठाएको हो ।
युक्रेनी सेनाहरू कुपियान्स्कको पश्चिमी बाहिरी इलाकामा आइपुगेका छन् । यस हप्ताको सुरुदेखि नै रुसी नियन्त्रित क्षेत्रमा ५० किलोमिटर (३१ माइल) भन्दा बढी अगाडि बढेपछि इजियमतर्फ दक्षिणतर्फ आक्रमण गरेका छन्।
रूसी सैन्य पत्रकार, येभगेनी पोडडुब्नीले खिचेको एक अङ्कियदृश्य (भिडियो)मा रूसी उदग्रबिमान (हेलिकप्टर)हरू यस क्षेत्रमा आइपुगेको र कम्तिमा एउटाले सशस्त्र सवारीसाधन उतारिरहेको देखाएको छ ।
रूसी सैन्य मुख्यालयले एमआई-२६ उदग्रबिमानहरू खार्किभमा इकाइहरूलाई बलियो बनाउन पुरुष र सशस्त्र सवारी साधनहरू प्रयोग गरिरहेको छ ।
रुसले कुपियान्स्क र इजियम दुवैमा आरक्षित सेनाहरू पुन: परिचालन गरि रहेको छ ।
प्रतिक्रिया