तिमि आउछौ होला भेटन………….

गोबिन्द राज ओझा (राजन) २०७९ भदौ २५ गते १०:२३ मा प्रकाशित

तिमि आउछौ होला भेटन त्यो गाउँको बाटोमा

भेट हुन्छ तिमि सँग पिपलको रुखको छेउमा  

सम्झना मनमा आउछ तिम्रो एक शब्द बोलौकि लाग्छ

रिसायर आएकि रहेछौ नजिक पुग्न डर लाग्छ

भेटनलाई आए म बस्न सकिन मैले तिमिलाई नभेटी

मिर्मिरेमा पधेरिमा पानि भर्दा भेटौन एकचोटी

मन्द मुस्कान तिम्रो पबित्र छ मन

हेरि रहु लाग्छ कहाँ सक्छु र मैले छोडि जान

कहिले आउ तिम्रो साथ घुम्न पाउ मैले खवर

तिमि सँगै धेरै ठाउँ घुम्ने मेरो छ रहर

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल       

प्रतिक्रिया