बकिङ्घम दरबार अगाडी रहेको भिडमा राजा चार्ल्स तृतीयलाई एक महिलाद्वारा म्वाइँ

इनेप्लिज २०७९ भदौ २४ गते १६:२८ मा प्रकाशित

बेलायतका राजा राजा चार्ल्स तृतीयलाई बकिङ्घम दरबार अगाडी रहेको भिडमा एक महिलाले अनुमति लिदै म्वाइँ खाएकीमा दङ्ग परेकी छिन । उनले गलत नियतले नगरी सान्त्वनादायी इशाराको रूपमा चुप्पा गरेकी बताइन ।

उनले गालामा चुम्बन गरे पछि “उनी उदास देखिन्थे” भनि उनले सिएनएनलाई बताइन ।

राजा चार्ल्स आजै मात्र स्कटल्याण्ड महलबाट लन्डन आएका र दरबार अगाडी रहेका जनता र दर्शकहरु ताँतीमा बसेको समयमा उक्त महिलाले उनलाई चुम्बन गर्ने निर्णय गरेको सिएनएनलाई बताइन ।

“मलाई विश्वास लागेन र मैले राजालाई भने के ‘म तपाईलाई चुम्बन गर्न सक्छु?’ अनि उहाँले भन्नुभयो, ‘ हुन्छ।’ त्यसैले मैले चार्ल्स तृतीयलाई समातें, र म धेरै खुसी छु, “जेनी एसिमिनीओसले सिएनएनका प्रस्तोता म्याक्स फोस्टरलाई बताइन्।

आफूले कहिले राजालाई चुम्बन गर्छु भन्ने नसोचेको बताइन । उनी उदास देखिन्थे उनले भनिन । “उनी असल छन्, उनि उत्तम छन् ,” उनले भनिन्।

उनी शाही परिवारलाई माया गर्ने र उनीहरूको जीवनलाई पछ्याउने उनले बताइन । यसअघि भीडमा रहेका अन्य व्यक्तिले राजासँग हात मिलाएर शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया