पूजाको साथ न पाएका आकाश पुगे करुणा संग ‘तिमी छौ र त ’ भन्दै (भिडियो)

इनेप्लिज २०७९ भदौ २४ गते ११:०८ मा प्रकाशित

लोकप्रिय गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको युगल स्वरमा समाबेश गीत ‘तिमि छौ र त’ सार्वजनिक भएको छ । गीतकार सुजन कोइरालाको शब्द रचना र सी डी बिजय अधिकारीको सगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ.।


पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको भिडियोलाई युवा निर्देशक प्रहिल  कार्कीले निर्देशन गरेका हुन् । पहिलो पटक म्युजिक भिडियोमा देखिएको आकाश र करुणाको केमिस्टी जमेको देखिन्छ । उत्तम हुमागाईको सिनेमाटोग्राफी र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो ‘तिमि छौ र त’ लाइ माधव बेलबासेको सम्पादन रहेको छ ।


‘डिजिटल चिम्पान्जी’को अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको भिडियो सार्वजनिक भएको केहि घन्टामै युट्युब ट्रेडिङको अग्रस्थानमा बढ्दै गएको छ।

प्रतिक्रिया