अमेरिकाको मेरिल्याण्डमा सम्पन्न ‘रुप स्मृती एण्ड साथी कप २०२२’ क्रिकेटको उपाधी इभरेष्ट लायन्सलाई

इनेप्लिज २०७९ भदौ २१ गते १३:१० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा सम्पन्न ‘रुप स्मृती एण्ड साथी कप २०२२’ क्रिकेटको उपाधी इभरेष्ट लायन्सले जितेको छ । एनआरएनए अमेरिका र साथी बाल्टिमोरले आयोजना गरेको ‘रुप स्मृती एण्ड साथी कप २०२२’क्रिकेट प्रतियोगितामा इभरेष्ट लायन्सले बाजी मारेको छ ।

उक्त प्रतियोगिता गत सेप्टेम्बर ३-५ सम्म चलेको थियो । यो प्रतियोगिता डिसी महानगर क्षेत्रमा बसोबास गर्दै झन्डै २ दशक बिताएका र एनआरएनए अभियानका शुभ चिन्तक तथा अन्तर्राष्ट्रिय शक्तित्तोलनमा बिजेता नेपाली र नेपालको नाम राख्न सफल स्व स्वर्गीय रुप कार्कीको सम्मान स्वरुप यो प्रतियोगिताको आयोजना गरिएको थियो ।

इभरेष्ट लायन्सले बोस्टन अल स्टार्सलाई चार विकेटले पराजित गर्दै उपाधी हात पारेको हो। गत सोमबार भएको प्रतियोगितामा बोस्टन अल स्टार्सले दिएको ११४ रनको लक्ष्य इभरेष्ट लायन्सले १९.५ ओभरमा ६ विकेट गुमाउदै जित हासिल गरेको थियो ।

इभरेष्ट लायन्सका निर गुरुङले सर्वाधिक ३२ रन ल्याएका थिए मनिष सापकोटले २६ रनको योगदान दिए। खेलमा एभरेष्ट लायन्सका निर गुरुङ खेलका उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगताका बिजयी इभरेष्ट लायन्सले ३,५०० डलर नगद र पदक प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा आठ टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया