रुसी अदालतले पूर्व पत्रकारलाई देशद्रोहको अभियोगमा २२ वर्षको झ्यालखानाको सजाय

इनेप्लिज २०७९ भदौ २० गते १५:२८ मा प्रकाशित

रुसी अदालतले पूर्व पत्रकारलाई देशद्रोहको अभियोगमा २२ वर्षको झ्यालखाना सजाय सुनाएको छ ।

मस्को शहर अदालतले सोमबार पूर्व पत्रकार र रूसी अन्तरिक्ष सँस्था रोस्कोसमोसका प्रमुखका सल्लाहकार इभान सफ्रोनोभलाई २२ वर्षको कारागारको सजाय सुनाएको छ ।

साथै अदालतले रिहाई पछि स्वतन्त्रताको प्रतिबन्धको दुई वर्षको सजाय र ५ लाख रुबल्स सहित जरिवाना तोकेको छ । यस निर्णयको अपिल गर्न प्रतिरक्षालाई १० दिनको समय दिइएको छ ।

सफ्रोनोभलाई रूसको सैन्य र प्राविधिक विकासहरू साथै रक्षा र सुरक्षाको बारेमा राज्यको गोप्य तथ्याँक सङ्कलन गरी नेटोलाई हस्तान्तरण गरेको आरोप लागेपछि जुलाई २०२० मा संघीय सुरक्षा सेवाद्वारा हिरासतमा राखिएको थियो।

एक पत्रकारको रूपमा उनि सैन्य र अन्तरिक्ष विषयहरुमा प्रतिवेदन बुझाउन तथा सूचना दिन ज्ञाता थिए भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया