गायक केशव दाहालको ‘तिमि छौ र त ‘सार्वजनिक (भिडियो)

इनेप्लिज २०७९ भदौ १९ गते १४:०१ मा प्रकाशित

काठमाडौं । अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय युवा गायक एबम संगीतकार केशव दाहालको नयाँ गीत ‘तिमि छौ र त ‘ सार्वजनिक भएको छ । गीतकार डि.पी खनालको शब्द र सुबाश चामलिंगको संगीत रहेको गीतमा गायक केशव दाहाल र प्रबिशा अधिकारीको स्वर रहेको छ ।

नायक पुष्प खड्का र बिना राउत अभिनित  ‘तिमि छौ र त ‘को भिडियोलाई चर्चित युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

जसमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

प्रवासमा रहेर नेपाली गीत, सगीतमा तल्लिन केशव दाहालले  कहिले द:खका त कहिले सुखका गीत शृजना गर्दै आउनु भएको छ । यसअघि उनको शब्द, सगीतमा ‘जॅंहा जन्मेपनि म’ र ‘फर्कन छोरा स्वदेशमा’ गीतहरु सार्वजनिक भैसकेका छन । ‘जॅंहा जन्मेपनि म’मा अरूण सुनारको स्वर रहेको छ भने  ‘फर्कन छोरा स्वदेशमा’ चर्चित गायक राजेश पायल राइले गाउनु भएको हो।  

प्रतिक्रिया