मिसिसागा (क्यानडा), क्यानेडियन नेवाः गुठिको को महिला समुह (मिसापुचः)को सक्रियतामा हालै आयोजित प्रथम नेवाः भोज (नेवाः झ्वः भ्वय्) भब्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा पाहुनाहरुलाई स्वागत गर्नु हुदै गुठिका अध्यक्ष प्रकाश प्रधानले नेवाः संस्कृतिका बिभिन्न पक्षहरुको परिचय गराउने क्रममा यस पटक नेवाः परिकारहरु सम्बन्धि नेवाःभोज कार्यक्रम आयोजना गरिएको बताउनु भयो।
कार्यक्रमको बारेमा बोल्नु हुदै मिसा पुचः एबम नेवाः भ्वय् संयोजक रन्जना सैन्जुले नेवाः संस्कृतिको सम्बर्द्दन र संरक्षणको उद्देश्यले मौलिक नेवाः परिकार सम्बन्धि नेवाः झ्वः भ्वय् क्यानडामा पहिलो पटक आयोजना गरिएको बताउनु भयो । मिसापुचःले महिला सशक्तिकरणको साथै सस्कृतिको संबर्द्दनको लागि युबा पुस्तामा पुस्तान्तरण सम्बन्धि कार्य गर्ने पनि उद्देश्य रहेको बताउनु भयो । नेवाः देः दबुका पूर्ब राष्ट्रिय अध्यक्ष नरेश कुमार ताम्राकारले बिदेशमा पनि यस्तो कार्यक्रम संचालन गरेकोमा गुठिलाई बधाई दिनु हुदै नेवाः संस्कृतिको संरक्षणको लागि सबै एकजुट हुनु पर्ने बताउनु भयो।
गुठिका सस्कृति सचिब सुरेन्द्र लाल श्रेष्ठले नेवाः सस्कृति र चाड पर्बमा खाइने परिकारको अन्योन्याश्रित सम्बन्ध रहेको बताउनु हुदै आजको कार्यक्रममा नेवाः समुदायको प्रमुख पर्बहरुमा देखाइने बिभिन्न नृत्य तथा झलकहरु देखाइने जानकारी दिनु भयो ।धन्यबाद मन्तब्य ब्यक्त गर्ने क्रममा गुठिका सचिब सुमन राजबंशीले कार्यक्रम संचालन गर्न आर्थिक प्रायोजन गर्नु हुने प्रायोजक महानुभाब, ब्यापारिक तथा अन्य संघ संस्था, स्वयमसेबक लगायत सम्पूर्णलाई हार्दिक आभार ब्यक्त गर्नु हुदै भबिष्यमा पनि सहयोग प्राप्त भैरहने बिस्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा सम्पूर्ण प्रायोजक, स्वयमसेवक तथा कलाकारहरुलाई गुठिका अध्यक्ष प्रकाश प्रधानले सम्मान गर्नु भएको थियो ।
औपचारिक कार्यक्रम पछि नेवा भोज भैरहदा गुठिका उपाध्यक्ष उत्तम माकजुले भोजका परिकारहरुको पौष्टिकता, महत्व एबम स्वास्थ्यको लागि हुने फाइदाबारे ब्याख्या गर्नु भएको थियो । नेवाः भोजको बारेमा प्रकाश पार्नु हुदै ऋतु र पर्बअनुसार नेवाः समुदायको बिशेष खाना हुने भन्नु हुदै नेवाः भोजको बिभिन्न परिकारको गुणले बिज्ञान सम्मत सन्तुलित भोजन भएको बताउनु भयो र लपेशमा राखि खाने चलनले नेवा भोज पर्याबरण मैत्री रहेको बताउनु भयो ।
सालको पातको लपेशमा राखि खुवाइएको सो भोजमा चिउरा , छोयला, बोडी, अदुवा, भटमास, अचार, साग, आलुतामा, खसीको मासु, मेथी केराउ, काउलि, केराउ, भुटन, पाउँ (अमिलो झोल), दहि, मिठाई, सिसाफुसा लगायतका परिकारहरु थिए । पछि ल्वाङ, सुकुमेल, दाल्चिनी, सुपारीको मसला पोका पनि प्रदान गरिएको थियो भने सहभागिहरुलाई लाखामरी पनि प्रदान गरिएको थियो । नेपाली लप्सीको अमिलो, भुटन, मेथी केराउ छोयला खान पाउँदा सहभागिहरु पुलकित भएका थिए ।
कार्यक्रमको अन्तिम चरणमा सास्कृतिक कार्यक्रममा रंजना सैन्जु, डा. अमर सैन्जु तथा उत्तम माकजुको समुहले सिटारमा राजमति गीतको धून, कुमारीको भेषमा रुहिना महर्जन, राजेन्द्र महर्जनले धिमे नृत्यका साथै करिस्मा र कृशा महर्जनको जोडी, रुपा महर्जन, प्रिशा प्रजपति, प्रीति कोजु लगायतले नेवाः नृत्यहरु प्रस्तुत गरेका थिए । सास्कृतिक कार्यक्रमको प्रमुख आकर्षण टोरोन्टो बिस्वबिद्यालयमा बज्र योगिनि बिषयमा पिएच. डी. गरि रहनु भएकी एम्बर मूरले चर्या नृत्य प्रस्तुत गर्दा सबैले सराहना गरेका थिए भने सुरेन्द्र लाल श्रेष्ठले लाखे नृत्य प्रस्तुत गर्दा सबै उत्साहित भएर हेरि रहेका थिए। सास्कृतिक कार्यक्रमको अन्त्यमा “ला छकु वयका सम्ये बजि” सामुहिक गीत प्रस्तुत गरिएको थियो । त्यस पस्चात मधुर राजभण्डारीको डीजे कार्यक्रमले सहभागि सबैलाई नचाएका थिए। सो कार्यक्रम्को उद्घोषण जन्सम्पर्क प्रमुख मीलि राजभण्डारी र कार्यसमिति सदश्य चन्दा श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको तस्बीर तथा भिडियो को लागि मोक्तान च्यानेलका रामकाजी मोक्तानलको सौजन्यता प्राप्त भएको थियो ।
कार्यक्रमको शुरुमा पाहुनाहरुलाइ फुल, छोयला, बारा, रक्सी र साथै “ह्याउँबाला”ले स्वागत गरिएको थियो भने कार्यक्रम स्थलको प्रमुख द्वार क्षेत्रमा लाखामरिका बिभिन्न प्रकार, नेवाः लुगा हरु, नेवाः संस्कारमा प्रयोग गरिने बिभिन्न सरसामानको प्रदर्शनी र नेवाः जातिय पहिरन लगाएका स्वयमसेवक हरुले गर्दा कार्यक्रम स्थल काठमाण्डौ उपत्यकाको कुनै भाग जस्तो देखिएको थियो । सो कार्यक्रम क्यानडामानै पहिलो पटक गरिएको र नेवा परिकारहरुको मौलिक र सस्वादन गर्न पाएकोमा सहभागिहरुले आयोजक संस्ठालाई धन्यबाद ब्यक्त गर्नु का साथै भबिष्यमा पनि यस्तो मौका पाउने आशा गरे ।
प्रतिक्रिया