आणविक उर्जा कारखानामा आइएईए नियोगका प्रतिनिधिहरुको भ्रमण अझै “फलदायी” हुन सक्छ : जेलेन्स्की

इनेप्लिज २०७९ भदौ १८ गते १४:१६ मा प्रकाशित

युक्रेनको जापोरिझिया आणविक उर्जा कारखानामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा सँस्थाको पठाईएका प्रतिनिधि मण्डलको भ्रमण रूसी नियन्त्रणको अतिरिक्त पनि “फलदायी” हुन सक्छ, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत शुक्रबार भने।

एम्ब्रोसेट्टी मन्चमा सम्बोधन गर्दै जेलेन्स्कीले रूसले सहभागी भएका प्रतिनिधि मण्डल(मिसन)लाई कसरी नियन्त्रण गरिरहेको छ भन्ने बारेमा निराशा व्यक्त गरे। उक्त मंच इटालीमा भएको थियो भने आयोजित सम्मेलनमा विभिन्न राज्य र व्यवसायका नेताहरूले भाग लिएका थिए।

“रुसी सेनाले नियोगसँग यात्रा गरिरहेका पत्रकारहरूलाई नाकामा रोक्यो र तिनीहरूलाई अगाडि जान दिएन। स्पष्ट रूपमा कब्जाकर्ताहरूले महसुस गरे कि स्वतन्त्र संचार माध्यमको उपस्थितिमा आईएईए र सम्पूर्ण विश्वलाई झूट बोल्न असम्भव हुनेछ, “उनले भने।

“हामीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा सँस्थालाई जापोरिझिया आणविक उर्जा कारखानामा पहुँच प्राप्त गरेको सुनिश्चित गर्न सबै कुरा गर्यौं। मलाई विश्वास छ कि यो लक्ष्यअझै फलदायी हुन सक्छ, “जेलेन्स्कीले भने।

यसअघि गत शुक्रबार आईएईएका महानिर्देशक राफेल ग्रोसीले भ्रमण गरेपछि संस्थालाई कारखानाको अवस्थाबारे “धेरै कुरा” थाहा भएको बताए। निरीक्षकहरूको टोलीले कारखानामा “निरन्तर उपस्थिति” रहने समेत ग्रोसीले बताएका छन् ।

प्रतिक्रिया