युक्रेनको आणविक कारखानाको भ्रमण गरेपछि संयुक्त राष्ट्रसंघको टोली ‘कतै नजाने’

इनेप्लिज २०७९ भदौ १७ गते ०:३७ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घको आणविक सँस्थाका प्रमुखले आफ्ना विज्ञहरू युक्रेनमा रुसी नियन्त्रित क्षेत्रमा प्रवेश गरेपछि र युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमा पुगेपछि दुवै पक्षले सम्भावित विपत्तिको चेतावनी दिएको बताएका छन्।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (सँस्था -आईएईए) निरीक्षण टोलीले जापोरिझिया आणविक उर्जा केन्द्रमा पुग्न तीव्र गोलाबारीलाई पार गर्दै धेरै घण्टा ढिलाई पछि बिहीबार नजिकै रूसी सैनिकहरूको भारी उपस्थिति रहेको ठूलो रक्षक दलमा आइपुगेका छन् ।

“हामी कतै जाँदैनौं। आईएईए अहिले यहाँ छ, यो कारखानामा छ र यो चलिरहेको छैन। ,” आईएईएका प्रमुख राफेल ग्रोसीले युक्रेनी-नियन्त्रित क्षेत्रमा फर्केपछि पत्रकारहरूलाई भने।

उनले आईएईएका विशेषज्ञहरूको समूह कारखाना पछाडि बसेको र उनीहरुले परिस्थितिको निष्पक्ष, तटस्थ र प्राविधिक रूपमा राम्रो मूल्याङ्कन प्रदान गर्ने बताए।

“म चिन्तित थिएँ, जबसम्म अवस्था स्थिर हुदैन तब सम्म म कारखानाको बारेमा चिन्तित रहनेछु ,” उनले भने।

युक्रेन र रुसले एकअर्कालाई कारखाना नजिकै गोलाबारी गरेर चेर्नोबिल जस्तो प्रकोपको जोखिम सिर्जना गरेको आरोप लगाएका छन् । रुसले छ महिनाभन्दा लामो युद्धको सुरुमा यो कारखाना कब्जा गरेको थियो।

कीभले रुसलाई आफ्नो सेनालाई ढाल गर्न सुविधा प्रयोग गरेको र रूसी बिद्युत पद्धतिमा जोडेर यसको उत्पादन चोरी गर्ने योजना बनाएको आरोप पनि लगाएको छ।

मस्कोले यसलाई अस्वीकार गरेको छ तर हालसम्म कारखानाबाट आफ्नो सेना फिर्ता गर्न अन्तर्राष्ट्रिय माँगलाई अस्वीकार गरेको छ।

प्रतिक्रिया