पोखरामा आमाको आंखै अगाडी छोरालाई नालाले बगाएपछि ५०० मिटर तल भेटीयो श*व

इनेप्लिज २०७९ भदौ १२ गते १४:२६ मा प्रकाशित

भिषण वर्षाको कारण नालीले बगाएर एक बालकको ज्यान गएको छ । वडा नम्बर १६ सुन्दरफिड नजिकैको नालामा परी स्थानिय ११ वर्षीय बालक रविन तिवारीको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार बाटोमा हिँडिरहँदा छेउतिर साइड लाग्ने क्रममा रविन सिधै नालीमा परेका थिए । स्ल्याबले नछोपिएको उक्त नाली पानीको भेलले सडककै तहमा भरिएको थियो । बाटो नदेखिएकाले अकस्मात् नालीमा खसेर बालकलाई बगाएको स्थानियबासीले बताएका छन् ।

तिवारी फर्निचरका संचालक राम्जी तिवारीको छोरा रबिनलाई २ घण्टा खोजीकार्य गरेपछि तल भेटिएका थिए । उनलाई लगत्तै मनिपाल अस्पताल लगिएकोमा पहिल्यै निधन भइसकेको बताएको वडा अध्यक्ष अमृत तिमिल्सिना शर्माले जानकारी दिएका छन् ।

पोखरा १६ दीप देखि लामाचौर, बाटुलेचौर सडक खण्डका नाली अत्यन्त असुरक्षित छ । यसअघि पनि २ जनाको ज्यान गएको समाचार सार्वजनिक भइसकेको छ । भिडियो सहीत

प्रतिक्रिया