यो बर्ष तिजको दर, सोमरस र नृत्यको चर्चा

शशी के.सी २०७९ भदौ ११ गते १८:५६ मा प्रकाशित

 

प्रत्येक बर्ष जस्तै यो बर्षको तिज आउन अब केही दिन बांकी छ । यतिखेर जताततै दर खुवाईएको र खाईरहेको देख्न, सुन्न पाईन्छ । झन् अहिले त सोसल मिडियाको जमाना छ । रमाईलो गरेको यसोउसो गरेर जताततै छताछुल्ल भई हाल्छ।हुन त नामै सोसल मिडिया र तेसको सदस्य भएपछि लुकाउॅंछु भन्दा पनि लुक्ने कुरा रहेन । अझ आजकल त सबकाहातहातमा क्यामरा र भिडियो खिच्न मिल्ने फोन छन् । छिसिक्क केही गतिविधि गरेको खबर आफु भन्दा पहिल्यै घरपुग्छ।

तिज भनेको प्रत्येक बर्ष हिन्दु महिलाहरूले मनाउने एक महान चाड हो । सानैदेखि सुन्दै आएको भगवानको कथा अनुसारपार्वतीको विवाह बिष्णुसॅंग गरिदिने सुनेर साथिहरूसॅंग भागेर नदी किनारामा आई, पानीसम्म पनि नपिई “महादेव पतिपाउॅं” भनेर तिजको पूजा र ब्रत बसिछन् र महादेवलाई पतिको रूपमा पाईन भन्ने छ । त्यसैले प्रत्येक बर्ष विवाहित हिन्दुमहिलाले आफ्नो पतिको दीर्घायु र सुस्वास्थको लागि र अविवाहित कन्याले तिजको ब्रत लिएमा राम्रो पति पाउॅंछन् भन्नेगरिन्छ । त्यही चलन अनुसार ब्रत पूजाआजा गरिन्छ ।

अनि तिजको दर भनेको चाहीं नेपाली शब्दकोष र पुरानो चलन अनुसार तिजको अघिल्लो रात स्त्रीहरूले खाने दह्रिलोखाना वा दर, जसको आडमा तिजको दिन केही नखाई भोकै बसेर ब्रत लिन सकिओस् भन्ने रहेछ । खास तिजको दरचाहीं विवाह गरेर गएका छोरी चेलीबेलीलाई माईतमा बोलाएर खुवाउने चलन रहेछ। चलनचल्तीका तिजको पुराना गीतसुन्दा पनि माईती लिन नआएको वा लिन आउॅंदा पनि सासु वा घरकाले जान नदिएको आदी भन्ने प्राय: हुन्छ ।

यी त भए सुनेका र गरिदै आएका चलनहरू ! तर आजकल ठ्याक्कै पुरानै चलन अनुसार तिज मनाउन , ब्रत बस्न र तिजकोअघिल्लो दिन माईत गएर दर खान संम्भव छैन्।

जसरी समाज समय अनुसार परिवर्तित हुंदैछ । चाडपर्व र चलनहरू पनि बदलिंदैछन् र बदलिनु पनि पर्छ । यतिखेरनेपालीहरू संसारका लगभग १४८ देशमा बसोबास गरेर बसिरहेकाछन् । घर, माईती, ईष्टमित्र जताततै छरीएकाछन् ।अहिले जो जॅंहा छन्, त्यहीं आफ्नो चाडपर्व मनाउनु पर्ने हुंदैछ । र नेपालीहरू त्यंहा आफुले जानेसम्मको चलन गर्दैछन् रभावी पिडीलाई पनि सिकाउॅंदैछन् ।

प्र्त्येक बर्ष तिजको बेला बिभिन्न बिषयमा चर्चा हुन्छ । सधैं जस्तै यो बर्ष पनि तिजको बिरोध गर्नेले महिलाले तिजको ब्रतलिनु पर्दैन नै भने र एकथरीले तिजको दर एकदिन अगाडीमात्र खाने हो भन्न छोडेनन् । तेस बाहेक अर्को दुई बिषय थपिएछ। पहिलो महिलाले दरसॅंग दारू वा सोम रस पिए भन्ने । र अर्को तहल्का मच्याएको चाहीं तिजमा अश्लिल तरीकाले नाचेभन्ने रहेछ ।

खुशीको कुरा यो बर्ष महिलाहरूले सुनका गहना धेरै लगाए चाहीं भन्न छोडेका रहेछन् । शायद सस्तो मुल्यमा सुन जस्तैदेखिने नक्कली गहना पनि पाईने रहेछ भन्ने बुझे क्या र सबैले ।

हो सदा झैं तिजको दर यो बर्ष पनि माईतीले मात्र हैन की काम गर्ने अफिसले, टोलछिमेकका समुदायले, बिभिन्नसंघसंस्थाले महिला दिदी बहिनीहरूलाई बिभिन्न समयमा खुवाएको देखियो । यो असाध्यै राम्रो काम हो । एक छाकखुवाउॅंदा पनि दिदीबहिनी त्यस्तरी रमाएको देख्दा खुवाउनेलाई पनि खुशी नै महशुस भयो होला । मत भन्छु, कहिलेकाहींअरूको खुशीसंगै रमाउनु पनि पर्छ ।

अब यस बर्षको तिजको दरसंगै सोम रस वा दारू पिएको भन्ने कुराको चर्चा सोसल मिडियामा देख्दा गज्जबै लाग्यो ।एकथरीले त हो न हो आफ्नै घरमा भएको कार्यक्रम जस्तो गरेर अर्काको दिदीबहिनीहरूको फोटो पोष्ट समेत गरेका रहेछन्। खै के भन्नु, लाज पनि लाग्नु पर्ने अर्काको फोटो नसोधी राख्न । खाए त खाए के गर्ने तपाईंहरूको त खाएका छैनन् , किन टाउको दुखाई पुरूषहरूलाई !

फेरी तिनै पुरूषहरूलाई प्रश्न गर्छु । नेपाली कट्टर समाजमा महिलाहरूलाई सोम रस पिउन सिकाउने की माईतीमा बुबा, दाजुभाईले हो की विवाह गरेर गएपछि श्रीमानले हो हैनर ? एकजना साथीले भनेको संम्झन्छु । उसको विवाह पढेलेखेकोतर गाउंबाट शहर झरेको केटासॅंग भएको थियो । ओहो घरमा पार्टी भई रहने रे ! अनि साथीहरूको अगाडी आफुलाईशहरिया भएं देखाउन श्रीमतीलाई जवरजस्ती वाईन पिउन लगाउने । बिचरी पहिले कहिल्यै नपिएको, पिउन मन नभएपनिश्रीमानको खुशीको लागि पिइदिन्छु भन्थी । अब यसरी पिउन बानी लगाउने तिनै पुरूष बर्ग अनि तिजको दर खांदाकेटीसाथीहरूसॅंग बसेर पिए नै भने पनि बिरोध गर्ने तिनै फेरी !

हैन पुरूषहरू जहिले साथीहरूको जमघटमा पिउने बाहेक केही गरेका हुन्नन् । कुनै महिलाले ती पुरूषहरूको फोटोहरूसोसल मिडियामा राखेर पुरूषले पिए भन्ने गरेका छैनन् त ?

अझ ओहो महिलाले नाचे भन्ने बिषय त उग्र रहेछ सोसल मिडियामा जताततै । जसरी नाचुन, जे गरेर नाचुन न त आफुआफु महिलाहरू मिलेर रमाईलो नै गरे होलान्। पुरूषहरूलाई के को टाउको दुखाई ? हैन कहिलेसम्म महिलाहरूले मात्रधान्नु पर्ने समाजको ईज्जत, कला संस्कृति, चाडपर्व ! होला नाच्दा होस् पुर्र्याएनन् वा नाचेको भीडियो शेयर गरेर गल्ति गरे। तर त्यसो भन्दैमा तथानाम गाली गर्न त हुन्न नी । तिजमा विकृती भयो रे, परम्परा, कला संस्कृति बिग्रियो रे !

हैन तिजको मौलिकता भनेको के त ? अहिले सबै खान लगाउन पुग्ने नै छन् । सासु,नन्दा आमाज्युसॅंग कुनै गुनासो नै छैन, संम्बन्ध सुमधुर छ भने, के तेही पुरानो चलन भन्दै माईत जान पाईन , खान पाईन , सासुले दुख दिईन भनेर नक्कली रूनु त? वा बिष्णु माझीले यो बर्ष गाएको “ चरी जेलैमाको दोस्रो भाग” मा देखाईएको दृश्य जस्तै लोग्नेले कुट्ने, चुरोटलेपोल्ने, पेटमा लात्त्ताले हानेर गर्भको ३ महिनाको बच्चा खेर गएको दृश्य हेरेर नाच्दै तिजमा रमाउने त ?

खासमा नेपाली महिलाहरू आफै खराब चाहीं कहिल्यै हुन्नन् । विवाह अगाडी बुबाको ईज्जत , विवाह पछि श्रीमानकोईज्जत र बुढेशकालमा छोराको ईज्जत धान्दिरहेका हुन्छन् । नपत्याए आफ्नै घर परिवार , समाज, वरपरकामहिलाहरूलाई हेर्दा हुन्छ !

अब तिजको ब्रतको कुरा गर्दा, आजकल चाहे पुरूष होस् वा महिला, मानिस स्वतन्त्रसॅंग बाच्न चाहान्छ ।सबैका आआफ्नारहर, ईच्छा, आकांज्ञा , खुशी हुने तरीका छन् । सबैले अरूलाई दुख नदिई आफ्नो स्वतन्त्रता उपभोग गर्न पाउनु पर्छ । तिजको ब्रत कसरी लिने, नलिने भन्नेमा पनि सबैका आफ्नै तरीका छन् ।भगवानको पालामा पार्वतीले पानी पनि नपिई ब्रतबसिन होला । उनलाई जागीर खानु थिएन । घरबार केही हेर्नु थिएन्। ताजा फलफुल शुद्ध खाएको, कुनै रोग पनि थिएनहोला । तर अहिलेका महिलालाई रोग पनि लागेको हुन्छ, ताजा खान्छु भन्दा पाईए पो खानु । रहर गरेर केही नखाई ब्रतबस्छु भन्दा पनि संभव छैन् , शरीर र स्वास्थले साथ दिन्न । अझ आजकल त कति श्रीमानलाई, श्रीमती भोकै ब्रत बसेरबिरामी होली भन्ने उल्टै चिन्ता पो हुन्छ त !

अन्त्यमा , जसरी हामी महिलाहरू पुरूषहरूले के गरे, गर्छन् आदी चियो चर्चा गर्दै हिंडदैनौं। त्यसरी नै तिज महिलाहरूले जेसुकै गरेर मनाउन, पुरूषहरूले वास्ता गर्न छोड्दा हुन्छ ।

तिजको शुभकामना सबै दिदी बहिनीलाई ! एक हरफ सापटी लिंदै “आफै मुस्काउ मुसुक्क, जुन तारा टिपी कोही दिंदैन “

-शशी के.सी

 

शशी के.सी

लेखिका

प्रतिक्रिया